हेर्नुस् देशभर कुन पार्टीको मत कति छ (मत संख्यासहित),कुन पार्टीको भागमा कति सिट?

हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ । एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।

वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन पुगेको हो ।
वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा दुई लाख मत नकटाएका फोरम, राजपाले तेस्रो चरणको स्थानीय निर्वाचनमा मत बढाई २ लाख कटाएका हुन् । यही मत कायम राखेको अवस्थामा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको हो । त्यसैगरी, फोरम लोकतान्त्रिकले १ लाख २४ हजार र स्वतन्त्रतर्फका उम्मेदवारहरूले १ लाख १९ हजार मत कटाएका छन् ।

स्थानीय तहको मत औसतमा

स्थानीय तहमा समानुपातिकतर्फ मतदान नभएकाले कुनै पनि दलको एकमृष्ट मत निश्चित गर्न असम्भव छ । हरेक स्थानीय तहमा एक दलका सातजना उम्मेदवार थिए । निर्वाचन आयोगले ती सातैजना उम्मेदवारको मत जोडेको छ । जस्तो कि सबै स्थानीय तहमा एमालेका सातै उम्मेदवारको मत जोड्दा दुई करोड १४ लाख ५१ हजार हुन्छ । तर, ती सातजना उम्मेदवारलाई दिने एकजना मतदाताको हिसाब गर्दा औसतमा एमालेको मत ३० लाख ६४ हजार ५३९ हुन्छ । यो कुल खसेको मतको ३४ प्रतिशत हो । त्यस्तै कांग्रेसले २९ लाख ८२ हजार २४० अर्थात् ३३ प्रतिशत र माओवादीले १६ लाख दुई हजार ४५० अर्थात् १७ प्रतिशत मत प्राप्त गरेका छन् । गठबन्धन भएका स्थानमा पनि केही पदमा अर्को दललाई मत दिएका दलले केही पदमा अर्को दलबाट मत पाएका छन् । त्यसैले उनीहरूको मत पनि औसतमै हिसाब हुन्छ ।

अब राष्ट्रिय दल कति रु

– स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ ।

– एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा र बढीमा फोरम लोकतान्त्रिकले समानुपातिकमा ३ प्रतिशत कटाउन सक्छन् । त्यसो हुँदा यी दल राष्ट्रिय दल बन्न सक्नेछन् । तर, प्रत्यक्षमा एक–दुई सिट जित्न सक्ने नेमकिपाजस्ता दलले समानुपातिकमा ३ प्रतिशत ल्याउन नसक्ने हुँदा राष्ट्रिय दल बन्न गाह्रो छ ।

२ लाख ७० हजार मत ल्याए मात्र समानुपातिकमा सिट

प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट ल्याउन कम्तीमा तीन प्रतिशत अर्थात् २ लाख ७३ हजार मत कटाउनुपर्छ । त्योभन्दा कम मत ल्याउने दल समानुपातिकको वितरण प्रणालीबाट बाहिर हुनेछन् । स्थानीय तह निर्वाचनमा १ करोड ४१ लाख मतदातामध्ये ९१ लाख २६ हजार मत खसेका थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता रहेकाले मत पनि बढी खस्नेछ । यस्तो अवस्थामा दलले समानुपातिकमा सिट दाबी गर्न पनि अझ बढी मत ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...