एमालेले यसरी गर्यो चुनाब सार्ने शंका,देउवा त्यस्तो सुबिधा यसरी दिए एमालेलाई



हाम्रो इकोनोमि

वाम गठबन्धन बनाएको प्रमुख विपक्षी एमालेले सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रनै खतरामा पर्ने निष्कर्ष निकालेको हो । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो ।  सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहिता र कानून विपरितको काम हो । यो काम सरकारबाट नहोस् ।’

उपाध्यक्ष रावलले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको वाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको बताए । उनले चुनावको मिति तलमाथि पार्ने कार्य नगर्न सरकारलाई सुझाए ।

बैठकले  वाम गठबन्धन बनाउँदा भएको सहमतिअनुसार छिट्टै प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँड गर्ने निर्णय गरेको छ ।  असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले  एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम  टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी,  वाम गठबन्धनको एकता र धु्रवीकरणलाई निरन्तरता दिने, चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रवासमा समेत अभियान चलाउने निर्णय समेत स्थायी समितिले गरेको छ ।

एमाले स्थायी समिति बैठकले नयाँ वानेश्वरमा सोमबार निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको घटनाप्रति दुःख प्रकट गरेको छ । बैठकले तत्काल दोषीलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...