कहालीलाग्दो बस दुर्घटनामा परि ३ जना ठहरै,१३ गम्भीर घाइते



हाम्रो इकोनोमि

बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै आज बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको परिचय खुलेको छैन।

घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा जम्मा १७ यात्रु सवार थिए। दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र बाँके निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेयर गणका सैनिकहरुले घाइतेहरुको उद्धार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...