कहालीलाग्दो बस दुर्घटनामा परि ३ जना ठहरै,१३ गम्भीर घाइते



हाम्रो इकोनोमि

बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै आज बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको परिचय खुलेको छैन।

घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा जम्मा १७ यात्रु सवार थिए। दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र बाँके निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेयर गणका सैनिकहरुले घाइतेहरुको उद्धार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...