‘गौचनको हत्या गरेँ’ भन्ने यी हुन् मनोज पुन,ठुला नेता देखी ब्यापारी सम्म मार्ने भन्दै यसरी मच्चाउदै छन् आतंक,किन पक्राउ पर्दैनन्?



हाम्रो इकोनोमि

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूह र गत वर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले एउटै रहेको अनुमान प्रहरीको छ।
गुण्डा नाइके मनोज पुनले सञ्चालन गरेको सो आपराधिक समूहका व्यक्तिले केही प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मेवारी लिएपछि प्रहरीले यस्तो अनुमान गरेको हो।

पुनको सो समूहले व्यवासयी गौचनसँग करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरिएको प्रहरीले शंका गरेको छ। सो समूहका सदस्यले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई नै फोन गरेर हत्या स्विकारेको बताइएको छ।

यसअघि पनि फोनबाट अपराध स्विकार
साउनको अन्तिम साता मनोज पुनका एक सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। बास्तविक नाम मनोज बुढामगर भनिने मनोज पुनसँग निरन्तर सम्पर्कमा रही अपराधिक क्रियाकलाप गर्ने पाल्पा तान्सेन नगरपालिका ७ का २२ वर्षिय सुशान्त लाकौललाई पक्राउ गरेपछि प्रहरीले पुनको सक्रियता रुपन्देहीमा कम भएको दाबी समेत गरेको थियो। तर, राजधानी नै छिरेर सो समूहका सदस्यले दिनदहाडै व्यक्ति हत्या गरेपछि प्रहरी फेरि तिल्मिलाएको छ।

मनोज पुन गत पुस महिनामा रुपन्देही देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त हुन्।

गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई लक्षित गरि गोली प्रहार भएको थियो। तर भण्डारी बच्न सफल भएका थिए। यी दुबै घटना लगत्तै पुनले विदेशबाट विभिन्न व्यक्तीलाई सम्पर्क गरेर घट्ना आफूले गराएको बताएका थिए।

को हुन मनोज?

व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा सोही संगठनमै आबद्ध थिए। रुपन्देहीको देबदह निवासी पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष थिए। ठेक्का पट्टाको काम गर्दथे। संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने काम जारी नै राखेका थिए। युथ फोर्सको आडमा गुण्डागर्दीको काम गरेको अरोपमा पुन कारबाहीमा परे।

दुर्गा तिवारीसँग लेनदेनमा कुरा नमिलेको र त्यसबाट उनीहरुको दूरी बढेको पनि चर्चा हुने गरेको थियो। संगठनबाट बाहिरीएपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाए। हत्या हुनु केही महिना अघि २०७२ फागुनमा पनि दुर्गामाथि गोली प्रहार भएको थियो। त्यसबेला उनी बच्न सफल भए। २०७३ पुसमा भएको गोलीप्रहारबाट तिवारीको मृत्यू भएको थियो।

पुनले परिचालन गरेका भनिएका १८ जना पक्राउ तर रोकिएन अपराध
पछिल्लो पटक पक्राउ परेका शुसान्त लाकौल सहित मनोज पुनबाट परिचालित भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिसकेको छ।

दुर्गा तिवारीको हत्यापछि ६ जना र त्यस अघि फागुनमा तिवारीलाई गोली प्रहार हुँदा ८ जना पक्राउ परेका थिए। बाँकी अरु घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका हुन्। पक्राउ परेका सबै थुनामा छन्।

पुनका अरु पनि सहयोगीहरु अहिले अपराध कर्ममा क्रियाशिल भएकाले प्रहरीले उनीहरुलाई ‘लेन्स’भित्र राखको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनीले डेढ महिना अघि मात्र नेपालखबरसँग भनेका थिए ‘पुनले परिचालन गरेकाहरुमध्ये धेरैलाई हामीले पक्राउ गरिसकेका छौँ। अरु पनि उसका सहयोग भएको भए पनि अब उसको प्रभाव कमजोर बनेकोछ।’

गिरोहमा आबद्ध धेरैलाई पक्राउ गरेको प्रहरीले दाबी गरेपनि गिरोहका नाइके पुनलाई पक्राउ गर्न प्रहरीले सकेको छैन। उनी भारतका विभिन्न ठाउँ र मलेसियासम्म पुग्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।पुनले अझै एक दर्जनलाई हत्या गर्ने भन्दै प्रहरीलाई सुचना दिएको श्रोतको भनाइ छ।एक दर्जनमा ठुला नेता देखी ब्यापारी सम्मको नाम रहेको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...