यी हुन् ७ वटै प्रदेशका अस्थायी राजधानी,१ हप्ता भित्रमै यसरी गरिदैछ घोषणा



सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। असोज २९ गते अघि नै प्रदेश अस्थायी राजधानी तोक्ने गरी सरकारले तयारी अघि बढाएको हो। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले ७ वटै प्रदेशका अस्थायी राजधानीको विकल्पसहितको प्रस्ताव तयार पारेको छ।

पुनःसंरचना समितिका संयोजकसमेत रहेका सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सातै प्रदेशको राजधानी तोक्न विकल्पसहितको प्रस्ताव तयार भइसकेको बताए। उनले भने, ‘समितिले प्रस्ताव तयार पारिसकेको छ। छिट्टै सरकारले यसबारे निर्णय लिन्छ।’

उनले अर्को मन्त्रिपरिषदको बैठकले प्रदेशको अस्थायी राजधानी तोक्ने जानकारी दिए। ‘प्रस्तावलाई अन्तिमरुप दिन समय लागेकाले सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजान सकिएन। अर्को मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिन्छ,’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले प्रतिनिधि र प्रदेश सभा निर्वाचन अघि नै प्रदेशमा कर्मचारी पठाउनु पर्ने र मुख्यमन्त्रीसहित मन्त्रीहरुको सपथका लागि प्रदेश प्रमुख तोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताए। ‘प्रदेशको अस्थायी राजधानी तोकेसँगै प्रदेश प्रमुख (क्षेत्रपाल) पनि नियुक्त गरिनेछ,’ उनले भने।

प्रदेश प्रमुख (क्षेत्रपाल) ले सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन्। पहिलो चरणमा मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन निर्वाचन आयोगले कात्तिक ५ र मंसिर २१ मा हुने निर्वाचनका लागि मनोनयनको मिति मंसिर ११ गतेका लागि तोकेको छ।

कात्तिक ५ गतेबाट सरकार कामचलाउन हुने भएकाले असोज २९ अगावै प्रदेशको अस्थायी राजधानी तोक्ने र क्षेत्रपाल नियुक्त गर्ने गरी सामान्य प्रशासन मन्त्री बस्नेत संयोजक रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना समितिले प्रस्ताव तयार पारेको हो।

प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुलाई तोकिने अस्थायी राजधानीमै तत्कालका लागि बसोबासको व्यवस्था गरिने र त्यही क्षेत्रपालले सपथ खुवाउनेछन्।

कुन प्रदेशको राजधानी कहाँ तोकिँदैछ?
सामान्य प्रशासन मन्त्री बस्नेत संयोजक रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंचरना समितिले प्रदेश नम्बर १ को अस्थायी राजधानीका लागि सुनसरीको इटहरी, धनकुटा र मोरङको विराटनगरलाई सिफारिस गरेको छ। यीमध्ये इटहरी अस्थायी राजधानी तोकिने सम्भावना बढी छ।

समितिले मन्त्रिपरिषद् पठाउन तयार पारेको प्रस्तावमा २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरमा राख्ने उल्लेख छ। यस्तै, ३ नम्बर प्रदेशको अस्थायी मुकामका लागि बनेपा, धुलिखेल, हेटौंडा र काठमाडौं उपत्यकामध्ये एकलाई तोक्न सिफारिस गरिएको छ।

प्रदेश नम्बर ४ को अस्थायी मुकाम भने पोखरा निर्विकल्परुपमा प्रस्तुत गरिएको छ भने ५ नम्बर प्रदेश अस्थायी मुकामका लागि दाङ (तुलसीपुर) र बुटवल प्रस्ताव गरिएको छ।

प्रदेश नम्बर ६ को अस्थायी मुकामका लागि सुर्खेत र ७ नम्बर प्रदेशको अस्थायी राजधानी भने धनगढी वा दिवायलमध्ये एक ठाउँमा राख्ने सकिने गरी समितिले प्रस्ताव तयार पारेको मन्त्री बस्नेतले जानकारी दिए।

प्रदेशको अस्थायी राजधानी तोक्नका लागि प्रस्ताव गर्दा ६ वटा मापदण्डलाई आधार बनाएको मन्त्री बस्नेतले बताए। उनका अनुसार भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुविधा, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको अवस्थालाई मापदण्ड बनाएर अस्थायी मुकामका लागि नाम प्रस्ताव गरिएको हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्