दाहखानीमा बिजुली



हाम्रो इकोनोमि

विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।

इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ ।

सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो । मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताउनुभयो । उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए ।

विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...