दाहखानीमा बिजुली



हाम्रो इकोनोमि

विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।

इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ ।

सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो । मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताउनुभयो । उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए ।

विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...