परराष्ट्रमन्त्री महरासँग प्रबुद्ध व्यक्ति समूहका सदस्यहरुको भेट



हाम्रो इकोनोमि

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी०का सदस्यले आज आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् ।

समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौँ बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

उहाँहरुले समूहको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराउनुभयो । बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषय स्पष्टसँग राखेको बताउनुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सौहार्द हुनुपर्छ, त्यसका लागि खुला दिलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला ।”

काठमाडौँमा सम्पन्न पाँचाँै बैठकबारे जानकारी गराउँदै समूहका नेपाल संयोजक थापाले नेपाल–भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताउनुभयो ।

त्यस्तै, समूहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुईदिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...