प्रचण्ड आफैले भने हाम्रो बिचारमा खिया लागेको हो मासिने डरले एमाले संग मिल्नुपर्यो,अब एमाले यसरी कब्जा गर्छु



माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता भन्नुनै माओवादी केन्द्रको बिगठन भएको बताएका छन् ।

सोमबार पार्टीको सहायक संगठन वाईसीएल नेपालको कैन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको सुरुवातदेखि अहिलेसम्म बिगठन र पुनर्गठन हुँदै गणतन्त्रसम्म आउन सफल भएको समेत प्रष्ट पारे ।

‘हिजो माटो मशाल बिगठन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र बिगठन नभएको भए माओवादी बन्ने थिएन’ बिगतको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी बिगठन हुँदै–हुँदै माओवादी केन्द्रसम्म आयौँ, हाम्रो आजसम्मको बिगठनले नेपालमा गणतन्त्र र संघियता सम्भव भयो । अब यसलाई बिगठन गरेर नयाँ शक्ति संचय नगर्ने हो भने नेपालमा समाजवादी क्रान्ति सम्भव छैन ।’

उनले समाजवादी क्रानितको अभिभारा पुरा गर्न बिशाल शक्ति संचयकालागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिर्वतकालागि ठुलो तागत सिर्जना हुने दाबी गरे ।

राजनीतिक पार्टी पोखरी जस्तोे जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उनले जोखिम मोल्न र चलाएमान बन्न कार्यकर्तालाई निर्देशन दिए । ‘अबको नयाँ क्रान्तिको सुरुवात तपाईँ–हामीले गर्ने हो, हामी जमेको पोखरी जस्तो बनेर हुँदैन’ । उनले भने, ‘यदि हामी खोला जस्तै गड्गडाएर बग्न सक्तैन र हाम्रो बिचारमा खिया लागेको हो भने माओवादी सकिँदा देशको हित हुन्छ ।’

माओवादी एमालेमा बिलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघियता धर्म निरपेक्षता जस्ता माओवादीका मुद्दा सुदृढ गर्न एमाले लागि परेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही