पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको एमालेमा प्रवेश गर्ने यस्तो छ तयारी



हाम्रो इकोनोमि

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् ।
एमाले अध्यक्ष केपी ओलीले कार्कीलाई एमाले प्रवेश गर्न आग्रह गर्दै छलफल समेत चलाएको बुझिएको छ ।

कार्की एमालेमा प्रवेश गर्ने विषयलाई लिएर अध्यक्ष केपी ओली र उनको केही चरणमा छलफल चलेको एमालेका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार कार्की चुनावअघि नै एमाले प्रवेश गर्नसक्ने सम्भावना छ ।

केपी ओलीको प्रस्तावलाई कार्कीले सकारात्मक रुपमा लिएको पनि बताइएको छ । उनले प्रत्यक्ष रुपमा एमालेमा आउने बचन नदिए पनि चुनावसम्म आउनसक्ने संकेत देखाएको ती नेताले बताएका छन् ।

राष्ट्रिय चासोसँग जोडिएका पछिल्ला केही महत्वपूर्ण घटनामा कार्कीको नाम पनि जोडिएको थियो । ती घटनामा कार्कीलाई एमालेले साथ पनि दिएको थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले भने महाअभियोग घटनामा एमालेले साथ दिएकोमा आभारी रहेको भन्दै एमालेसँग सकारात्मक भएको एमाले नेताहरुसँग बताएकी थिइन् ।

सुशीला कार्की नेपाली कांग्रेस निकट भनेर चिनिए पनि पछिल्लो समय एमालेका नेताले उठाएका मुद्दासँग उनी सहमत भएको बुझिएको छ । एमालेका ती नेताले दिएको जानकारीअनुसार कार्की छिट्टै एमालेमा प्रवेश गर्ने्छिन् ।

यसअघि डीआईजी नवराज सिलवाल, गायिका कोमल वली, पूर्व एसएसपी बसन्त कुँवर एमाले प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...