पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको एमालेमा प्रवेश गर्ने यस्तो छ तयारी



हाम्रो इकोनोमि

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् ।
एमाले अध्यक्ष केपी ओलीले कार्कीलाई एमाले प्रवेश गर्न आग्रह गर्दै छलफल समेत चलाएको बुझिएको छ ।

कार्की एमालेमा प्रवेश गर्ने विषयलाई लिएर अध्यक्ष केपी ओली र उनको केही चरणमा छलफल चलेको एमालेका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार कार्की चुनावअघि नै एमाले प्रवेश गर्नसक्ने सम्भावना छ ।

केपी ओलीको प्रस्तावलाई कार्कीले सकारात्मक रुपमा लिएको पनि बताइएको छ । उनले प्रत्यक्ष रुपमा एमालेमा आउने बचन नदिए पनि चुनावसम्म आउनसक्ने संकेत देखाएको ती नेताले बताएका छन् ।

राष्ट्रिय चासोसँग जोडिएका पछिल्ला केही महत्वपूर्ण घटनामा कार्कीको नाम पनि जोडिएको थियो । ती घटनामा कार्कीलाई एमालेले साथ पनि दिएको थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले भने महाअभियोग घटनामा एमालेले साथ दिएकोमा आभारी रहेको भन्दै एमालेसँग सकारात्मक भएको एमाले नेताहरुसँग बताएकी थिइन् ।

सुशीला कार्की नेपाली कांग्रेस निकट भनेर चिनिए पनि पछिल्लो समय एमालेका नेताले उठाएका मुद्दासँग उनी सहमत भएको बुझिएको छ । एमालेका ती नेताले दिएको जानकारीअनुसार कार्की छिट्टै एमालेमा प्रवेश गर्ने्छिन् ।

यसअघि डीआईजी नवराज सिलवाल, गायिका कोमल वली, पूर्व एसएसपी बसन्त कुँवर एमाले प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...