विश्व शारीरिक सुगठनमा ननितालाई रजत



मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् ।

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिनुभयो । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले कांस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् ।

ननिताले २०७३ सालमा काठमाडौँमा भएको प्रथम मिस्टर काठमाडौँ तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर शुरु गरेकी हुन् भने सो प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि