विश्व शारीरिक सुगठनमा ननितालाई रजत



हाम्रो इकोनोमि

मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् ।

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिनुभयो । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले कांस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् ।

ननिताले २०७३ सालमा काठमाडौँमा भएको प्रथम मिस्टर काठमाडौँ तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर शुरु गरेकी हुन् भने सो प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...