आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पुनर्वहाली गर्न भन्दै सर्वोच्चले दियो यस्तो आदेश



हाम्रो इकोनोमि

सरकारबाट बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। सर्वोच्चले खड्कालाई आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत हटाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो।

आयल निगमको जग्गा खरिदमा घोटाला गरेको पाइएपछि मन्त्रीपरिषदले खड्कालाई गत असोज २ गते पदमुक्त गरेको थियो।

उक्त निर्णयलाई चुनौती दिँदै खड्का असोज ४ गते सर्वोच्च अदालत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...