निर्वाचनलाई पवित्र बनाउन कुनै कसर बाँकी राख्दैनौँ– आयुक्त शर्मा



हाम्रो इकोनोमि

निर्वाचन आयुक्त इला शर्माले आगामी मंसिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालीमको आज यहाँ शुभारम्भ गर्दै उहाँले आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।

आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सबैको सहयोगी भूमिका हुनुपर्छ भन्नुभयो ।

प्रशासकिय अदातलका अध्यक्ष एवं संविधानविद काशीराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन निर्वाचन आयोगलाई आचारसंहिता उलंघन गर्ने पक्षलाई कानूनअनुरुप कारबाही गर्न सुझाव दिनुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन बनेका ऐन र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

आयोगका सहसचिव नवराज ढकालले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरुप प्रदान गरिएको, मतपत्र छपाईको काम शुरु भएको र विभिन्न नौ प्रकारका तालीम प्रशिक्षण चलिरहेको जानकारी दिनुभयो ।

नेपालस्थित संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम युएनडीपीका प्रमुख रिनाउड मेयरले सयुक्त राष्ट्रसंघले नेपालको निर्वाचनको लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उक्त प्रशिक्षणमा नेपाल सरकारका सचिव एवं सहसचिव मुख्य प्रशिक्षकको रुपमा सहभागिता रहेको छ । उहाँहरुले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आउनसक्ने चुनौती र समस्या समाधानका उपायका बारेमा प्रदेश तहमा गएर प्रशिक्षण दिनुहुने छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...