सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने



हाम्रो इकोनोमि

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ ।

‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को यहाँ आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “देशभित्र औद्योगिक सुरक्षामा खटिँदा होस् वा जलविद्युत् आयोजनाको सुरक्षामा खटिँदा सोबापत ती संस्थाबाट थप रकम त्यहाँ खटिने बलका कर्मचारीले पाउने व्यवस्था गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।”

बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तो छलफलले बलको नयाँ रणनीतिक योजना विकास गर्ने एवं आवश्यक कार्यनीति तय गर्ने उहाँको भनाइ छ ।

मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । केहीअघिको बाढीपहिरोमा राहत तथा उद्धारमा र स्थानीय निकायको निर्वाचनमा शान्तिसुरक्षा दिन सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठन व्यवस्थापन, नीति, रणनीति तय गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...