बसको ठक्करबाट एकको मृत्यु



हाम्रो इकोनोमि

सडक दुर्घटनामा परी यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ३१८८ नंको यात्रुवाहक बसले शनिबार साँझ सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने क्षेत्री गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारनले जनाएको छ ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...