प्रधानसम्पादक सिलवाल प्रतिनिधी सभाको समानुपातिक उम्मेदवारमा शिफारिश



हाम्रो इकोनोमि

नेकपा एमाले सम्पर्क संगठन कमिटी प्रदेश नम्बर ३ ले हाम्रो इकोनोमी डट कमका प्रधान सम्पादक रामहरी सिलवाललाई प्रतिनिधी सभा तर्फको समानुपातिक उम्मेदवारमा शिफारिश गरेको छ। दुइ दशक यता बाट सक्रिय पत्रकारितामा होमिएका सिलवाल चर्चित पत्रकार र क्षमतावान राजनीतिज्ञका रुपमा कहलिएका छन। आधा दर्जन साप्ताहिक र मासिक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका सिलवाल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत हुन्।

बिद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका सिलवाल शंकर देव क्याम्पसको स्ववियु उपसभापति समेत भएका ब्यक्ती हुन्। त्यस्तै चितवन-काठमाडौँ सम्पर्क मंचको अध्यक्ष,नारायणी अञ्चल सम्पर्क मंचको अध्यक्ष हुदै सम्पर्क मंच बिशेष समन्वय कमिटीमा रहेर समेत भूमिह निर्वाह गरेका छन। सिलवाल लाई नेकपा एमालेमा राजनीतिज्ञ र बुद्दिजिबि बर्गमा गनिदै आएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...