कांग्रेसलाई ओलीले भित्तामा पुग्ने गरी दिए यस्तो चेतावनी,चुनाब बिथोल्ने गरी देउवाले कस्लाई सुनाए यस्तो कहानी



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वाम गठबन्धनलाई लिएर जथाभावी टिप्पणी नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ ।
उसले आफ्नो पार्टीको नेतृत्वमा बनेको गठबन्धनलाई निहुँ बनाइ सरकार फेरबदलमा लागेर निर्वाचन प्रभावित नपार्न सत्तारुढ दललाई आग्रह गरेको छ ।

एमालेले आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नरहेको भन्दै वाम गठबन्धनलाई देखाएर सरकार फेरबदलको खेलमा लागेर निर्वाचनमा अन्योल सिर्जना नगर्नसमेत चेतावन दिएको हो ।

शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको लोकतन्त्रप्रतिको निष्ठामा नेपाली कांग्रेसले प्रश्न उठाउनु ‘हठात् मनस्थितिको उपज’ भएको टिप्पणीसमेत गरेको छ ।

बैठकले माओवादी केन्द्रसँग तालमेल र एकता घोषणापछि बनाइएको घोषणापत्र मस्यौदा समिति, उम्मेदवार छनोट कार्यदल र एकता संयोजन समितिलाई अनुमोदन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले आइतबार (भोलि)सम्म उम्मेदवार र सोमबारसम्म संयुक्त घोषणापत्र टुंगो लगाउने तयारी गरेको एक नेताले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रसँगको चुनावी तालमेल र एकता घोषणापछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको बताइएको छ । बैठकले बामपन्थी दलहरुको एकताका लागि भएको सहमति ऐतिहासिक भएको पनि निश्कर्ष निकालेको छ ।

बैठकपछि कुरा गर्दै एमाले सचिव प्रदिप ज्ञवालीले भने,‘हाम्रो पार्टी एकतालाई लिएर नेपाली कांग्रेसका कतिपय नेताहरुले अधिनायकवाद, सर्वसत्तावाद वा लोकतन्त्र खतरामा परेको अराजनीतिक टिप्पणी गर्नु भएको सुनिएको छ।’

उनले भने,‘त्यसले उहाँहरुको बेचैनी र अत्यासलाई अभिब्यक्त गरेको छ, लोकतन्त्रप्रतिको आम्रो निष्ठामा प्रश्न नउठाउन हामी आग्रह गर्छाैं । दलहरुबीचको एकताले लोकतान्त्रिक प्रणालीको स्थायित्वलाई सुनिश्चित गर्छ, उहाँहरुले पनि विचार मिल्ने पक्षसँग एकता गर्नुहुन्छ भने हामी स्वागत गर्छाैं ।’

कांग्रेस र त्यस दलका नेताहरुले बामपन्थी एकताका विषयमा गरेको टिप्पणीलाई हतासा र विचलनका कारण आएको पनि ज्ञवालीले वताए । बामपन्थी दलहरुको एकता नेपालको कम्युनिस्ट आन्दोलनको एकीकरणसँग जोडिएको वताउँदै एमालेले एकता कांग्रेस वा कुनै पनि दल विरुद्ध नभएको स्पष्ट पारेको छ ।

यस्तै एमालेले एमाले र माओवादी बीच भएको एकता सरकार ढाल्नका लागि नभएको भन्दै यही सरकारले चुनाव गराउनेप्रति पनि स्पष्ट पारेको छ । तर, यसलाई देखाएर चुनाव नगराउने खेलमा उद्यत नहुन कांग्रेसलाई आग्रह गरेको छ । चुनावलाई प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि एमालेलाई मान्य नहुने उसको निश्कर्ष छ ।

बैठकले माओवादीसँग पार्टी एकताका लागि भएको सहमति अनुमोदन गर्दै त्यसलाई ऐतिहासिक उपलब्धीको संज्ञा दिएको छ । माओवादीसँग भएको पार्टी एकीकरणको सम्झौतालाई बैठकले सर्वसम्मत अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्