अर्थमन्त्री कार्कीको क्षेत्रमा यस्ता छन् कांग्रेसबाट सिफारिस भएका उम्मेदवार,चर्चित युवा नेता आचार्य पनि समेटीए



हाम्रो इकोनोमि

नेपाली काँग्रेस महेन्द्रनगर सुनसरीले आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनका लागि नाम सिफारिस गरेको छ । गांउइकाई सभापति रत्नबहादुर राउतको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फकालागि केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्ब सभापति रामबहादुर बस्नेत, जमिल अख्तर अन्सारी, बाबुराम आचार्य, डिल्ली कार्की, बुनुलाल यादब नाम सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ रेवतीरमण दुलाल, तेजप्रसाद सुबेदी, अनु गुरुगं, शुसिला खनाल, सुरेन्द्र गुप्ता, मो.नईम अन्सारीको नाम सिफारिस गरिएको छ ।

समानुपातिक प्रतिनिधिसभाका तर्फबाट बाबुराम बिष्ट, मो. नईउद्दिन खां, ओम कुमार पाठक, दुर्गादेवी खरेलको नाम सिफारिस भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ मा.शुर्यदेब उरावको नाम एकल रुपमा सिफारिस भएको छ । सचिब खेम थापा र कोषाध्यक्ष तीर्थ भट्टराईसहित कार्यसमितका अत्याधिक बहुमत सदस्यको उपस्थिति भएको सभापति राउतले बताए ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...