प्रचण्डले देउवा सरकार नढाल्ने,सरकारबाट हटाए प्रचण्डले देउवालाइ यस्तो गर्ने



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नभएको बताएका छन्।

‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने हाम्रो अभियान हो। यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं’, शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले भने, ‘तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भन्छन् भने हामी छोड्न तयार छौं, हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो।’

सरकारको एउटा प्रमुख साझेदार माओवादी केन्द्र विपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने दिशामा अगाडि बढेपछि प्रधानमन्त्री शेर बहादुर देउवा अप्ठेरोमा पर्दै आएका छन्। शुक्रबार पनि देउवा र दाहालले भेटेर सरकारको निरन्तरताबारे छलफल गरेका थिए।

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहालले एमाले र नयाँ शक्तिसँग माओवादी केन्द्रले एकताको सैद्धान्तिक सहमति गरेपनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए।

‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ’, उनले भने, ‘एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं।’

बैठकमा अध्यक्ष दाहालले संविधान निर्माण र कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकोमा सांसदहरुलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...