पत्नीलाई प्रधानमन्त्री बनाउने देउवाको यस्तो छ कसरत,देश चलाउने देउवालाई आरजुले यसरी चलाउछिन



हाम्रो इकोनोमि

अहिलेकी फर्स्ट लेडी हुन् डा. आरजु देउवा राणा । राणा खान्दानकी छोरी भएकाले पनि उनमा आँट र हिम्मत प्रशस्तै पाइन्छ । त्यसैले त प्रधानमन्त्री शेरबहादुर देउवा भएपनि देशको सबै शासन सत्ता उनले चलाइरहेकी छन् । अर्काे शब्दमा भन्दा देउवासँगै देशलाई पनि उनले चलाइरहेकी छन् ।

उनले नै अहिलेको नेपालको पूरा सिस्टमलाई कन्ट्रोल गरिरहेकी छन् । हरेक निर्णयमा उनी नै हाबी हुन्छिन् । सचिवदेखि मन्त्रीसम्म, पार्टीका नेतादेखि विपक्षी दलका कार्यकर्तासम्म आफ्नो काम गराउन उनकै शरणमा पर्ने गरेका छन् । भर्खरैमात्र माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग जोडेपछि आरजुले माआवादी सम्हालेका मन्त्रालयका सचिवहरुलाई कुनै नयाँ निर्णय नगर्न उर्दी नै जारी गरिन् । उनको निर्देशन कुनै सचिवले काट्न सकेन् ।

पार्टीका हरेक निर्णय, राज्यका निकायमा नियुक्ति, सरुवा बढुवामा समेत आरजुकै प्रमख भुमिका रहिआएको छ । यहाँ सम्मकी वैदेशिक सम्बन्ध सुधारमा पनि उनको ठूलो हात छ । अहिले देउवा जति सफल भएका छन् सरकारमा गएर यो सबै आरजुकै देन हो ।

नेपाली कांग्रेसकी सांसद रहेकी आरजु यसपटकको निर्वाचनमा कैलालीबाट सिफारिस भएकी छन् । उनलाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ । कांग्रेसका महिला नेतृहरुले आरजुलाई प्रधानमन्त्री बनाउन पटक पटक पार्टीमा कुरा समेत उठाउने गरेका छन् । यसमा देउवा सकारात्मक छन् । उनी आफ्नो उत्तराधिकारीका रुपमा आरजुलाई प्रधानमन्त्री वा पार्टी सभापतिमध्ये एक पदमा पुर्याइ छाड्ने रणनीतिमा छन् । यो सबै आरजुको निर्णय गर्ने क्षमता, हिम्मत र आँटले सम्भव भएको नेताहरु बताउने गरेका छन् ।

एसियाकै शक्तिशाली महिलाको रुपमा चिनिएकी भारतकी दिवंगत प्रधानमन्त्री इन्दिरा गान्धीजस्तै आरजु पनि पछिल्लो समय शक्तिशाली महिलाको पथमा अघि बढ्दैछिन् । अहिले दक्षिण एसियामा बंगलादेशकी प्रधानमन्त्री हसिना शेख बाहेक शक्तिशाली पदमा महिला छैनन् । हसिना शेखपछि आरजु नै शक्तिशाली महिला बन्दैछिन् ।

भारतमा इन्दिरा गान्धीले कुशल राज्य सञ्चालका साथै सिक्किमलाई भारतमा विलय गराउनेसम्म कुटनीतिक क्षमता देखाएजस्तै नेपालमा पनि आरजुले कुटनीतिक क्षमता प्रदर्शन गरेर नेपाललाई विश्वमा अब्बल सावित गर्नसक्ने सार्मथ्य रहेको विज्ञहरु बताउँछन् । उनीहरु भन्छन्– आरजुमा नेतृत्व लिनसक्ने क्षमता छ । उनी दक्षिण एसियामा शक्तिशाली महिलामध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...