देउवालाई १६ करोडको थैली बुझाउन नसक्दा नवराज सिलवाल आइजिपी बन्न नसकेको यसरी भयो सनसनी पूर्ण खुलासा



हाम्रो इकोनोमि

राजनीतक विश्लेषक सुरेन्द्र केसीले पछिल्लो समयको राजनीतिक ध्रुबीकरणले देशमा विषमता थप्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै विश्लेषक केसीले दलहरुबिचको ध्रुबीकरणले सामाजिक राजनीतिक मुद्दा ओझेलमा पर्ने विश्लेषण गरेका छन् ।

नेपाली जनताले नचाहेको अप्रिय राजनीतिक परिवेश बन्ने सम्भावना केसीले देखेका छन् । “नेपाली जनताको चाहना वाम शक्ति र कांग्रेस मिलेर सहकार्यका आधारमा राजनीति अगाडि लैजाउन् भने थियो । अब यि राजनीतिक दलहरुले आफ्नो स्वार्थको लागि बिचमा भाँजो हाले ।” केसीले भने ।
अबका दिनमा चुनौतिहरु थपिने र त्यसको बोझ नेपाली जनताल बोक्नुपर्ने उनको तर्क छ । “यिनीहरुले आफ्नो स्वार्थका लागि हाम्रो दिमाग चाट्ने भए । मुलुकको समृद्धि र सुशासनमा चुनौतिहरु आउने भए ।” केसीले भने ।
विगतको अभ्यास र नेताको चरित्र हेर्ने हो भने ध्रुविकरणप्रति आशा गर्ने ठाउँ नभएको केसीले बताए । नयाँ कुरा गरेर देखाए भने राम्रै हुने उनको कथन छ ।
डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्नु र भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्यायले राजिनामा दिएर चुनाव लड्न खोज्नुलाई केसीले राजनीतिक धन्दाको सिकार भएको टिप्पणी गरेका छन् ।

हृदयष त्रिपाठी कहाँ थिए, कहाँ पुगे ? केसीको प्रश्न छ । “राजनीतिमा धर्म पनि हुन्छ, नैतिकता पनि हुन्छ । जवाफदेहिता पनि हुन्छ । दुर्भाग्य । यि तिनैवटा कुरा हाम्रो राजनीतिमा भएन ।” केसीले भने ।
राजनीतिले भाँडबैलो निम्त्याएको केसीको आरोप छ । “नवराज सिलवाल, सुशीला कार्की, लोकमासिंह कार्की लगायतलाई आक्रमण गरियो । निर्वाचन आयुक्तमाथि पनि महाअभियोगको दण्डा प्रयोग गर्न खोजिदैछ । यो सबै गलत हो ।”
यिनको खेलौना हो महाअभियोग भनेको ? केसीको प्रश्न छ ।

कर्मचारीलाई घरेलु नोकर बनाइएको भन्दै केसीले आपत्ति जनाए ।
नवराज सिलवालसँग १६ करोड रुपैयाँ मागेर निर्वाचनमा सहयोग गर्न दबाब दिइएको आरोप केसीले लगाए । “सेवा गर्न दिनुको साटो १६ करोड जम्मा गर अनि बल्ल आइजिपीमा नियुक्ती हुन्छ र तेरो जागीर रहन्छ भनेर धम्क्याइयो । त्यो त जागीरे न हो । जागीरेको कुनै मोरल पनि हुँदैन । आत्मबल पनि हुँदैन ।” केसीले खुलासा गरे ।
राजनीतिक दलले कर्मचारीलाई थर्काउने भएकाले उनीहरु राजनीतिमा लाग्न बाध्य भएको केसीको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...