देउवालाई १६ करोडको थैली बुझाउन नसक्दा नवराज सिलवाल आइजिपी बन्न नसकेको यसरी भयो सनसनी पूर्ण खुलासा



राजनीतक विश्लेषक सुरेन्द्र केसीले पछिल्लो समयको राजनीतिक ध्रुबीकरणले देशमा विषमता थप्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै विश्लेषक केसीले दलहरुबिचको ध्रुबीकरणले सामाजिक राजनीतिक मुद्दा ओझेलमा पर्ने विश्लेषण गरेका छन् ।

नेपाली जनताले नचाहेको अप्रिय राजनीतिक परिवेश बन्ने सम्भावना केसीले देखेका छन् । “नेपाली जनताको चाहना वाम शक्ति र कांग्रेस मिलेर सहकार्यका आधारमा राजनीति अगाडि लैजाउन् भने थियो । अब यि राजनीतिक दलहरुले आफ्नो स्वार्थको लागि बिचमा भाँजो हाले ।” केसीले भने ।
अबका दिनमा चुनौतिहरु थपिने र त्यसको बोझ नेपाली जनताल बोक्नुपर्ने उनको तर्क छ । “यिनीहरुले आफ्नो स्वार्थका लागि हाम्रो दिमाग चाट्ने भए । मुलुकको समृद्धि र सुशासनमा चुनौतिहरु आउने भए ।” केसीले भने ।
विगतको अभ्यास र नेताको चरित्र हेर्ने हो भने ध्रुविकरणप्रति आशा गर्ने ठाउँ नभएको केसीले बताए । नयाँ कुरा गरेर देखाए भने राम्रै हुने उनको कथन छ ।
डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्नु र भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्यायले राजिनामा दिएर चुनाव लड्न खोज्नुलाई केसीले राजनीतिक धन्दाको सिकार भएको टिप्पणी गरेका छन् ।

हृदयष त्रिपाठी कहाँ थिए, कहाँ पुगे ? केसीको प्रश्न छ । “राजनीतिमा धर्म पनि हुन्छ, नैतिकता पनि हुन्छ । जवाफदेहिता पनि हुन्छ । दुर्भाग्य । यि तिनैवटा कुरा हाम्रो राजनीतिमा भएन ।” केसीले भने ।
राजनीतिले भाँडबैलो निम्त्याएको केसीको आरोप छ । “नवराज सिलवाल, सुशीला कार्की, लोकमासिंह कार्की लगायतलाई आक्रमण गरियो । निर्वाचन आयुक्तमाथि पनि महाअभियोगको दण्डा प्रयोग गर्न खोजिदैछ । यो सबै गलत हो ।”
यिनको खेलौना हो महाअभियोग भनेको ? केसीको प्रश्न छ ।

कर्मचारीलाई घरेलु नोकर बनाइएको भन्दै केसीले आपत्ति जनाए ।
नवराज सिलवालसँग १६ करोड रुपैयाँ मागेर निर्वाचनमा सहयोग गर्न दबाब दिइएको आरोप केसीले लगाए । “सेवा गर्न दिनुको साटो १६ करोड जम्मा गर अनि बल्ल आइजिपीमा नियुक्ती हुन्छ र तेरो जागीर रहन्छ भनेर धम्क्याइयो । त्यो त जागीरे न हो । जागीरेको कुनै मोरल पनि हुँदैन । आत्मबल पनि हुँदैन ।” केसीले खुलासा गरे ।
राजनीतिक दलले कर्मचारीलाई थर्काउने भएकाले उनीहरु राजनीतिमा लाग्न बाध्य भएको केसीको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग