जापानमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार



हाम्रो इकोनोमि

पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको थियो ।

अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएका थिए । जापानस्थित राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले उक्त काम गरेको हो ।

वितरित सामग्रीमा सुन्दर, शान्त देश नेपालको एकपटक अवलोकन गरौँ भन्ने सन्देश दिइएको थियो । जापानका ४७ प्रान्तका पदाधिकारीले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर जान सक्ने भनाइसमेत राखेका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको जानकारी फोटोसहितका सामग्रीमार्फत उपलब्ध गराइएको थियो ।

नेपालको यो प्रचारप्रसारलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट जाटाले नमूनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन अबलम्बन गरिएको उपाय साँच्चिकै सराहनीय रहेको जनाएको छ ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको जाटा फेयर २०१७ मा योपटक नेपाल चिनाउने सात हजार फोटोसहितका सामग्री वितरण गरिएको पर्यटन बोर्डका प्रबन्ध निर्देशक सन्तोष घिमिरेले जानकारी दिनुभयो । जाटा फेयर २१ सेप्टेम्बरदेखि २५ सम्म टोकियोमा भएको थियो ।

फेयरमा नेपालले श्रव्य, दृष्य र सामाजिक सञ्जालमार्फत चिनिएका पर्यटकीय क्षेत्रको मार्गसहितका सामग्री वितरण गरेको थियो । जापानका ४७ प्रान्तका पर्यटन सम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत ‘रेशम फिरिरी’मा स्थानीय कलाकारमार्फत नृत्य प्रदर्शन गरिएको थियो ।

एकसाता ढिलो गरी बिहबार जाटाले सार्वजनिक गरेकोे तथ्यांकमा एक लाख ९१ हजार ५७७ जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

विश्व कीर्तिमानी फुर्वा तेन्जिङ शेर्पा हिम पहिरोमा बेपत्ता

    दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा पुरिएर सगरमाथाको...

उपल्लो मुस्ताङमा ५५० बढी पर्यटक रोकिए, सञ्चारसम्पर्क विच्छेद

    भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ...

प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा...