जापानमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार



हाम्रो इकोनोमि

पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको थियो ।

अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएका थिए । जापानस्थित राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले उक्त काम गरेको हो ।

वितरित सामग्रीमा सुन्दर, शान्त देश नेपालको एकपटक अवलोकन गरौँ भन्ने सन्देश दिइएको थियो । जापानका ४७ प्रान्तका पदाधिकारीले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर जान सक्ने भनाइसमेत राखेका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको जानकारी फोटोसहितका सामग्रीमार्फत उपलब्ध गराइएको थियो ।

नेपालको यो प्रचारप्रसारलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट जाटाले नमूनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन अबलम्बन गरिएको उपाय साँच्चिकै सराहनीय रहेको जनाएको छ ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको जाटा फेयर २०१७ मा योपटक नेपाल चिनाउने सात हजार फोटोसहितका सामग्री वितरण गरिएको पर्यटन बोर्डका प्रबन्ध निर्देशक सन्तोष घिमिरेले जानकारी दिनुभयो । जाटा फेयर २१ सेप्टेम्बरदेखि २५ सम्म टोकियोमा भएको थियो ।

फेयरमा नेपालले श्रव्य, दृष्य र सामाजिक सञ्जालमार्फत चिनिएका पर्यटकीय क्षेत्रको मार्गसहितका सामग्री वितरण गरेको थियो । जापानका ४७ प्रान्तका पर्यटन सम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत ‘रेशम फिरिरी’मा स्थानीय कलाकारमार्फत नृत्य प्रदर्शन गरिएको थियो ।

एकसाता ढिलो गरी बिहबार जाटाले सार्वजनिक गरेकोे तथ्यांकमा एक लाख ९१ हजार ५७७ जनाले अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...