वाम एकतापछि सेना रातारात यसरी भयो सक्रिय, प्रधानसेनापतिले चाल्दै छन यस्तो कदम,को-को नेता भए सशंकित



हाम्रो इकोनोमि

देशमा वामपन्थी एकतौसँगै नेपाली सेना एकाएक सक्रिय भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पछिल्लो राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै देशभरीका (७ वटै प्रदेशका) पृतनापतिलाई सेनाको मुख्यालय जंगी अड्डामा बोलाएर छलफल थालेका हुन् । साथै उनले पूर्व प्रधानसेनापतिसँग पनि परामर्श थालेको स्रोतले बतायो ।

प्रधानसेनापति क्षत्रीले तराई–मधेसको कमाण्डिङ गरिरहेका पृतनापति ईश्वर हमाललाई अकस्मात काठमाडौं बोलाएका छन् । हमालसँग देशको वर्तमान राजनीतीक अवस्था, मधेसको परिदृश्य, हिन्दु राष्ट्रको सम्भावना लगायतका विषयमा छलफल गरेको स्रोतले बतायो ।

सेना अहिले पनि हिन्दू राष्ट्रको पक्षमा छ । र, संवैधानिक राजसंस्था फर्किने अवस्था आए साथ दिने पक्षमा समेत छ । तर, उसको मुख्य चाहना भनेको हिन्दू राष्ट्र नै हो । यस्तो अवस्थामा भएको वाम एकताले यो चाहना पूरा नहुने भएपछि सेना सक्रिय भएको जंगी अड्डाका एक उच्च अधिकारीले बताए । ‘कम्युनिष्टहरु सत्तामा आएको अवस्थामा हिन्दू राष्ट्रको मुद्दा र राष्ट्रिय एकता लगायतका विषय के हुन्छन्, देश विखण्डनको दिशातर्फ, द्वन्द्वको दिशातर्फ जान्छ भन्नेतर्फ चीफ सापको चिन्ता छ,’ जंगी अड्डाका ती अधिकारीले भने, ‘उहाँले पूर्व चीफहरु, देश भरिकै पृतनापतिहरुलाई बोलाएर छलफल तथा परामर्श गरिरहनुभएको छ । छिट्टै कुनै कदम चाल्नुहुन्छ जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...