चुनाब नगराउन देउवाले यस्तो निकाले सुत्र,प्रमुख निर्वाचन आयुक्तलाई यसरी लगाउदै छन् महाअभियोग



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवमाथि महाअभियोग लगाउने तयारी थालिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीसँग मिलेर सरकारलाई असहयोग गरेको, सरकारका काममा अनावश्यक हस्तक्षेप र अवरोध गरेको भन्दै उनीमाथि महाअभियोग लगाउनेबारे कानूनविद र सांसदहरुसँग परामर्श गरिरहेको स्रोतले बतायो ।

भर्खरैमात्र निर्वाचन आयोगले कांग्रेसको कोटाबाट नियुक्त भएका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द पोखरेलमाथि स्पष्टिकरण सोधेपछि देउवा अयोधीसँग रुष्ट भएका हुन् । त्यसैलाई आधार बनाएर यादव माथी डण्डा बर्साएर चुनाबी हुन नदिने खेलमा देउवा रहेको कांग्रेस नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए।

यादवले प्रशासनिक र पुननिर्माणको काममा असहयोग गरेको भन्दै देउवा महाअभियोग लगाउने निष्कर्षमा पुगेको कांग्रेसनिकट स्रोतले बतायो । ‘महाअभियोग पारित भएपनि नभएपनि यादवलाई निलम्बन गरेर राख्ने रणनीतिमा देउवा दाई हुनुहुन्छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...