चुनाब नगराउन देउवाले यस्तो निकाले सुत्र,प्रमुख निर्वाचन आयुक्तलाई यसरी लगाउदै छन् महाअभियोग



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवमाथि महाअभियोग लगाउने तयारी थालिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीसँग मिलेर सरकारलाई असहयोग गरेको, सरकारका काममा अनावश्यक हस्तक्षेप र अवरोध गरेको भन्दै उनीमाथि महाअभियोग लगाउनेबारे कानूनविद र सांसदहरुसँग परामर्श गरिरहेको स्रोतले बतायो ।

भर्खरैमात्र निर्वाचन आयोगले कांग्रेसको कोटाबाट नियुक्त भएका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द पोखरेलमाथि स्पष्टिकरण सोधेपछि देउवा अयोधीसँग रुष्ट भएका हुन् । त्यसैलाई आधार बनाएर यादव माथी डण्डा बर्साएर चुनाबी हुन नदिने खेलमा देउवा रहेको कांग्रेस नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए।

यादवले प्रशासनिक र पुननिर्माणको काममा असहयोग गरेको भन्दै देउवा महाअभियोग लगाउने निष्कर्षमा पुगेको कांग्रेसनिकट स्रोतले बतायो । ‘महाअभियोग पारित भएपनि नभएपनि यादवलाई निलम्बन गरेर राख्ने रणनीतिमा देउवा दाई हुनुहुन्छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...