डिआइजी नवराज सिलवालको गृहमन्त्री बन्ने यात्रा यसरी भयो सुरु,ओलीले के-के गर्दिए ?



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एक औपचारिक कार्यक्रमकाबिच आज सिलवाल एमालेमा प्रवेश गरेका हुन् । केहि बेर अघी काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट सिलवाल एमाले प्रवेश गरेका हुन्। कार्यक्रम बानेश्वस्थित क्वालिटी बैक्वेटमा आयोजना गरिएको हो ।

सिलवाल ओलीकै हातबाट अबिर पहिरिएर एमालेमा प्रवेशसँगै सक्रिय राजनीतिमा लाग्ने भएका हुन् । डिआइजी वरियतामा एक नम्बरमा रहेका सिलवाललाई प्रचण्ड र देउवा सरकारले आइजीपी हुनबाट रोकेको थियो ।

साथै सिलवाल यो प्रकरणसँगै सर्वाेच्च अदालत गएका थिए । अदालतमा मुद्धा हारेपछि सिलवालले डिआजइजीबाट राजिनामा दिएका थिए । यद्यपी उनको राजिनामा भने स्विकृत भएको छैन् ।

सिलवाल एमालेमा प्रवेशसँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा अहिले एमाले वृतमा चल्न थालेको छ । सिलवाल सांसदमा निर्वाचित भए भावी गृहमन्त्री बन्ने समेत चर्चा परिचर्चा हुन थालेको छ । केही समय अघि एमाले अध्यक्ष केपी ओलीलेसमेत सिलवाललाई गृहमन्त्री बनाउने कुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...