डिआइजी नवराज सिलवालको गृहमन्त्री बन्ने यात्रा यसरी भयो सुरु,ओलीले के-के गर्दिए ?



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एक औपचारिक कार्यक्रमकाबिच आज सिलवाल एमालेमा प्रवेश गरेका हुन् । केहि बेर अघी काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट सिलवाल एमाले प्रवेश गरेका हुन्। कार्यक्रम बानेश्वस्थित क्वालिटी बैक्वेटमा आयोजना गरिएको हो ।

सिलवाल ओलीकै हातबाट अबिर पहिरिएर एमालेमा प्रवेशसँगै सक्रिय राजनीतिमा लाग्ने भएका हुन् । डिआइजी वरियतामा एक नम्बरमा रहेका सिलवाललाई प्रचण्ड र देउवा सरकारले आइजीपी हुनबाट रोकेको थियो ।

साथै सिलवाल यो प्रकरणसँगै सर्वाेच्च अदालत गएका थिए । अदालतमा मुद्धा हारेपछि सिलवालले डिआजइजीबाट राजिनामा दिएका थिए । यद्यपी उनको राजिनामा भने स्विकृत भएको छैन् ।

सिलवाल एमालेमा प्रवेशसँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा अहिले एमाले वृतमा चल्न थालेको छ । सिलवाल सांसदमा निर्वाचित भए भावी गृहमन्त्री बन्ने समेत चर्चा परिचर्चा हुन थालेको छ । केही समय अघि एमाले अध्यक्ष केपी ओलीलेसमेत सिलवाललाई गृहमन्त्री बनाउने कुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...