नवराज सिलवाल भोली एमालेमा प्रवेश गर्ने



हाम्रो इकोनोमि

राजीनामा स्वीकृत नभएपनि राजनीतिमा होमिने भएका छन नवराज सिलवाल । सर्बोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन् ।

 

तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हालेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए ।

उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल एमाले प्रवेश गर्न लागेको उनले बताए ।

कोजाग्रत पूणिर्माको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए ।

डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको निरन्तर सरकारसँग संघर्ष चल्यो । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्‍यो । त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए, जसको फैसला केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो ।
अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजिनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...