नवराज सिलवाल भोली एमालेमा प्रवेश गर्ने



राजीनामा स्वीकृत नभएपनि राजनीतिमा होमिने भएका छन नवराज सिलवाल । सर्बोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन् ।

 

तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हालेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए ।

उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल एमाले प्रवेश गर्न लागेको उनले बताए ।

कोजाग्रत पूणिर्माको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए ।

डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको निरन्तर सरकारसँग संघर्ष चल्यो । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्‍यो । त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए, जसको फैसला केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो ।
अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजिनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको