प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु



हाम्रो इकोनोमि

पाल्पा । दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ ।
हिजोदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर थापा र बोधि शाक्यको २५–२५ रनको मद्दतले ९४ रन बनाउन सफल भएको हो ।
प्रोफेसनलका महेन्द्र सुवेदीले ४ विकेट, राजनमान शाक्य ४३ रन, महेन्द्र सुवेदीले ३२ रन र आनन्द कुमारले १५ रन बनाएर ५८ रनसहित विजय भएका हुन् । त्यस्तै, दोसो खेलमा आयोजक दमकडा क्रिकेट क्लबले मालुङ्गा क्रिकेट क्लब स्याङ्जालाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको मालुङ्गाले शक्ति बस्यालको ५३ र राजन श्रेष्ठको ३७ रनको मद्दतले १४८ रन बनाउन सफल भएको खेल संयोजक आदित्य पाण्डेयले जानकारी दिएका छन् ।
पहिलो खेलमा महेन्द्र सुवेदी र दोस्रो खेलमा गोपाल तिमिल्सेना म्यान अफ दी म्याच घोषित भएका हुन् । प्रतियोगिताको विजेताले रु ६० हजार र उपविजेताले रु ३० हजार पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कारको राशि बराबरको नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । क्रिकेट एशोसिएसन पाल्पाका अध्यक्ष राजेश श्रेष्ठले खेल क्षेत्रको विकासका लागि आफूले सहयोग गर्ने बताउनुभयो । खेल असोज २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब, कपिलवस्तु, बुटवल युथ रुपन्देही, नयाँगाउँ रोयल्स क्लब, न्यू होराइजन, जनज्योति युवा क्लब रुपन्देही, मालुङ्गा क्रिकेट क्लब स्याङ्जा, स्याङ्जा युनाइटेड, प्रोफेसनल क्रिकेट क्लब, मिसन क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर र दमकडा क्रिकेट क्लबको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...