अब सातवटै प्रदेशमा सहज इन्टरनेट



हाम्रो इकोनोमि

काठमाडौ । देशैभर अर्थात सातवटै प्रदेशमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार हुनेभएको छ । सो उद्देश्यसहित सरकारले यसको पूर्वाधार निर्माणमा दस अर्बभन्दा बढी लगानी गरेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मध्यपहाडी लोकमार्गलाई आधार मानेर ब्रोडब्यान्ड पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको हो । सङ्घीय संरचनाअनुसार प्रदेश एकदेखि सातअन्तर्गत लोकमार्ग र त्यस आसपासका जिल्ला सदरमुकामसम्म फाइबर बिछ्याउन प्राधिकरणले आवेदन माग गरी सेवा प्रदायकसमेत टुङ्गो लगाइसकेको छ ।
त्यस्तै विभिन्न १५ ओटा प्याकेजमा कर्णाली क्षेत्र, प्रदेश सात र दुईका अधिकांश जिल्लासहित अन्य जिल्लासमेत समेटेर त्यहाँका सार्वजनिक स्थानमा इन्टरनेट नेटवर्क विस्तार र पहुँच पुर्याउन सेवा प्रदायक छनोटको काम प्राधिकरणले अघि बढाइसकेको छ ।
यो आयोजनाअन्तर्गत प्रदेश एक, दुई र तीनमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमसँग करिब पाँच अर्ब रुपियाँको सम्झौता भइसकेको र गत २०७३ असोज १२ गतेभएको सम्झौता अनुसार प्राधिकरणले पाँचथरको चियोभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउन टेलिकमलाई सो रकम किस्तामा उपलब्ध गराउनेछ ।
सबै जिल्लाका अधिकांश सार्वजनिक स्थानमा इन्टरनेट पहुँच विस्तार गर्न पनि प्राधिकरणले प्रक्रिया अघि बढाइसकेको छ । यसै योजनाअन्तर्गत अहिलेसम्म कर्णाली क्षेत्रका आठ, प्रदेश सातका आठ, प्रदेश दुईका आठ र प्रदेश एकका तीन जिल्लामा सेवा प्रदायकसँग आवेदन माग भइसकेको प्राधिकरणले जनाएको छ ।
आवेदन माग गरिएका क्षेत्रमा प्याकेज छुट्याई फरक फरक सेवा प्रदायकलाई समेट्ने प्रयास गरिएको उनको भनाइ छ । थप विस्तार हुने यस योजनाअन्तर्गतका १५ ओटा प्याकेजमध्य प्रत्येकमा ४० देखि ५० करोडसम्म लगानी हुने पनि प्राधिकरणले बताएको छ । प्राधिकरणले यो योजनामा सेवा प्रदायकलाई इन्टरनेट नेटवर्क विस्तार तथा सम्बन्धित जिल्लाका वडा कार्यालय, सामुदायिक विद्यालय, अस्पताललगायतका सार्वजनिक स्थानमा दुई वर्षसम्म निःशुल्क इन्टरनेट पु¥याउनुपर्ने गरी आवेदन माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...