किन कुटिए आपुर्ति राज्यमन्त्री कर्ण विक मन्त्रि कुटीएपछि कैलाली बजारमा तनाव



हाम्रो इकोनोमि

 

टिकापुर बजारमा निस्केका आपूर्ति राज्यमन्त्री कर्ण विकको टोलीमाथि उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीकै अगुवाइमा आक्रमण गरिएको हो ।

व्यापारीको आक्रमणपछि मन्त्री विकलाई सुरक्षामा खटिएका पुलिसले उद्धार गरेका छन् । घटना क्रममा ढुंगामुढा गरिँदा मन्त्री सवार बा१झ ९६९९ नम्बरको सरकारी गाडी क्षतिग्रस्त भएको छ ।

मन्त्रीको टोलीले उपभोक्तालाई ठगेको भन्दै एउटा पसलमा सिल गर्ने क्रममा व्यापारी आक्रमणमा उत्रेका थिए । मन्त्रीमाथि ढुंगामुढा गरेपछि प्रहरीले टिकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासविच रामबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

उग्ररुपमा प्रस्तुत भएका व्यापारीले मन्त्री सवार गाडीमा रहेको राष्ट्रिय झन्डा पनि च्याति दिएका छन् । अहिले टिकापुर बजारको अवस्था तनावग्रस्त रहेको छ । मन्त्री विक शुक्रबारबाट बजार अनुगमनमा निस्केका थिए ।

घटनापछि अहिले होटल सिद्धार्थमा सर्वपक्षीय बैठक चलिरहेको छ । बैठकमा मन्त्री बिक, कैलालीका प्रमुख जिल्ला अधिकारी, टिकापुरका मेयर र व्यापारीहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...