यस्तो खुलासा गरे ओलीले केन्द्रिय कमिटीमा



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आहृवान गर्नुभएको छ । आजबाट शुरु भएको केन्द्रीय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएपनि परिणाम अत्यन्तै नकारात्मक नआएको भन्दै बिचलित नहुन आह्वान गर्नुभएको हो ।

एमालेबिरुद्ध ठुलो मोर्चाबन्दी भयो, सत्ताको दुरुपयोगले सीमा नाघ्यो, त्यसका बावजुद एमालेको कमजोर परीणाम आएको छैन, ओलीले भन्नुभयो, ‘१० २०, १०० ५० भोटले हारेको पनि होला । कतिपय धाँदली गरेर हराइएको होला । तर, छ्या है भन्ने गरी परिणाम आएको छैन ।’

अध्यक्ष ओलीले आफ्नै कारण कुनै ठाउँमा धक्का खाएको भए सावधान हुनुपर्ने बताउनु भयो । ‘आफ्नै कारणले धक्का खाएको हो भने सावधान हुनुपर्छ, हतोत्साहित हुनु पर्दैन,’ ओलीले भन्नुभयो ।

बैठकमा उहाँले केन्द्रमा एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो । ‘एक्लै कोही पनि हामीसँग मुकाविला गर्न तयार छैन,’ एमालेविरुद्ध बेग्लै ढंगले तयारी भइरहेको छ, तरपनि आगामी सरकार एमालेले बनाउँछ, केन्द्रमा बहुमतका साथ बनाउँछ । प्रदेशहरुमा पनि बहुमतका साथ सरकार बनाउँछ ।’

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...