मोरङको केराबारी र बिराटचोकमा शाखा



सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालन गरेको छ । उक्त कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिवाकोटीले केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई बैकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार गर्न प्रोत्साह गरिरहेको बताए ।

उनले सामाजिक तथा आर्थिक रूपान्तरणकालागि देशका सबै जनतासम्म बैकिङ सेवा पुग्नु अति आवश्यक भएको उल्लेख गरे ।

बैंकका अध्यक्ष तारानाथ निरौलाले ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको बताए । यो सँगै बैंकका कार्यालयहरूको संख्या १२ पुगेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार  ०६ : ५०  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट

    काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो

४१औ वार्षिक उत्सव मनाउदै नबिल बैंक

    नबिल बैंक लिमिटेडले आफ्नो ४१औ बार्षिक उत्सव मनाउने भएको छ ।

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको