निर्वाचनले सकारात्मक सन्देश दिएको छ : नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
स्थानीय दुर्गा पार्टी प्यालेसमा आयोजित प्रदेश नं १ का पर्यटन व्यवसायीको एकदिने भेला उद्घाटन समारोहमा उहाँले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दल एवं शक्तिलाई नेपाली जनताले जनमतद्वारा ती आन्दोलन गलत थिए भन्ने गतिलो सन्देश दिएको पनि उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले सोही अवसरमा प्रदेश नं २ को स्थानीय तहको निर्वाचनले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने भएकाले अहिलेको निर्वाचन परिणामले नेकपा ९एमाले०लाई कसरी अघि बढ्नुपर्छ भन्ने रणनीति बनाउन बल पुग्नेछ भन्नुभयो ।

उहाँले प्रदेश नं २ मा पनि भरसक एमाले पहिलो पार्टी हुन्छ भन्ने पार्टीको सोच थियो तर जनताले पहिलो पार्टी नबनाए पनि पक्कै दोस्रो हुने दाबी गर्नुभयो ।
नेता नेपालले स्थानीय तह भौतिक पूर्वाधार निर्माणको हिसाबले निकै मजबुत बन्न सक्ने र हरेक स्थानीय तहको वडामा रु तीन करोडसम्म विकास बजेट पुग्ने अवस्था सिर्जना भइसकेको छ भन्दै प्रदेशका स्थानीय तहमा एमालेको शक्ति सञ्चालनका लागि प्रदेश निर्वाचन पनि एमालेले जित्नै पर्ने अवस्था रहेकाले त्यहीअनुसारले सक्रियता बढाउनु पर्नेमा पनि जोड दिनुभयो ।

उहाँले प्रदेशको चुनावमात्र होइन अब एमालेका लागि संघको चुनावसमेत जित्नै पर्ने स्थिति सामु आएकाले एमालेका सबै भ्रातृ संघ संगठनले आफूलाई पनि पार्टीको काँधमा आएको उक्त जिम्मेवारी एवं चुनौतीलाई ध्यान दिइ अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष मदन आचार्यको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रीय अध्यक्ष एवं पर्यटन व्यवसायी चन्द्र रिजाल लक्ष्मण तिवारी एलपी साँवा लिम्बू पर्यटन व्यवसायी रेवतबहादुर थापा इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, गोविन्द कार्की दिल्लीराम शर्मालगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायका क्षेत्रमा लामो समयदेखि कार्यरत व्यवसायीले उक्त अवसरमा प्रदेश नं १ लाई पर्यटनको संभावना भएका क्षेत्रलाई यथार्थमा पर्यटक आगमनका केन्द्रका रुपमा विकास गर्नेबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

भेलाले प्रदेश नं १ को पर्यटन व्यवसायीको नयाँ संगठन पदाधिकारीहरुको चयनसमेत गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...