भरतपुरको हैकम लगाएर तारजाली भित्र यसरी मत गन्न थालियो वीरगंजमा



हाम्रो इकोनोमि

वीरगंज महानगरको गणना थालिएको छ। दलका प्रतिनिधिलाई गणनास्थलमा तयार पारिएको तारजालिसहितको विशेष कक्षमा प्रवेस गराईएको छ।
सुरुमा वडा नम्बर १ र ३२ को गणना हुनेछ। यी दुई वडाको गणना सकिएपछि वडा २ र ३१ को सुरु हुनेछ।

यहाँको गणना बिधि यस अगाडि भरतपुर महानगरमा गरिए जस्तै सुरुको वडा र अन्तिमतर्फको वडा मिसाएर दुईवडाको एकपटकमा गणना गर्ने नियम बनाइएको छ।
१ वडा र ३२ वडाको मत बाकस गणनास्थलमा पुर्याइएको छ।

गणनास्थलमा सिसी टिभी जडान गरिएको छ। गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा महानगरको मत गणना हुँदैछ।
भरतपुरमा मत च्यातिएको प्रकरणबाट पाठ सिक्दै गणनास्थललाई अति संवेदनशील क्षेत्रका रुपमा सुरक्षा घेरामा राखिएको छ।
गणना प्रतिनिधिकाे शरीर जाँच गरेर मात्र प्रवेश गराइएकाे छ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...