‘भरतपुरकाण्ड’ दोहोरिने संकेत पछी जनकपुरमा मत गन्न यसरी भयो ढिलाई,राजपा र कांग्रेसको मतपत्र च्यात्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

जनकपुर उपमहानगरपालिकामा मंगलबार दिउँसो २ बजेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँको सुरक्षाको पूर्ण बन्दोबस्त नगरेसम्मको लागि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकामा अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले आफूले चुनाव जितिसकेको भन्दै खुलेआम कुराकानी गर्दै आएका छन् । उपमहानगरपालिकामा रहेका ‘स्वीम भोटर’हरुको मत आफूतिर आउनेमा उनीहरु ढुक्क रहेका छन् । त्यस्तै, राजपाको जस्तै सोचाई जनकपुरको काँग्रेसले पनि राखेको छ ।

जनकपुरका काँग्रेसीहरु पनि त्यो मतदाताको समूहले अहिले काँग्रेसलाई भोट हाल्नेमा उनीहरु पनि ढुक्क छन् । यस्तो अवस्थामा ती समूहका मतदाताहरुले नेपाली काँग्रेसमा मतदान गरेको खण्डमा राजपाका कार्यकर्ताहरुले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा जस्तै मतपत्र च्यात्नसक्ने आशंका पनि त्यहाँ पनि मत गणना सुरु हुन नसकेको हो ।

त्यहाँ पनि अहिले वीरगञ्जमा जस्तै तारजाली लगाएर सुरक्षित रुपमा मतगणना गर्ने ठाउँ तयार पारिँदै छ । यसरी सुरक्षाको पूर्ण ग्यारेन्टी भएपछि मात्रै मतगणना सुरु गरिने जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...