उपेन्द्रले राजेन्द्रको जिल्लामा किल्ला गाडे,बिमलेन्द्रलाई आफ्नै गाउँमा झट्का,एमालेले जिते पछी कांग्रेस भित्र बबाल



हाम्रो इकोनोमि

राजेन्द्र महताको गृहजिल्ला सर्लाहीमा उपेन्द्र यादवको पार्टीले सानदार जित हात पारेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका १८ नम्बर वडामा संघीय समाजवादी फोरम नेपालको पुरै प्यानल विजयी भएको हो ।

फोरम नेपालबाट वडाध्यक्षका उम्मेदवार मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भए । सदस्यहरुमा पुरै फोरमका उम्मेदवारले जिते ।
नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

उता नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्रको गाउँ मुखियापट्टी मुसहरनिया गाउँपालिका र हंशपुर नगरपालिकामा एमालेले वडाध्यक्ष जितेको छ ।

हंशपुर– १ मा एमाले उम्मेदवार कामेश्वर कापर वडाध्यक्ष निर्वाचित भए । त्यस्तै, विमलेन्द्र निधिको गृहनगर मुखियापट्टी मुसहरनियामाको १ नम्बर वडामा एमालेका कौशल यादव र २ नम्बरमा नरेश यादव वडाध्यक्ष निर्वाचित भए ।

निधिको गृहनगरमा एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । आफ्नै गाउँमा एमाले विजयी भएपछि निधि तनावमा परेका छन् । कार्यकर्ता पनि निराश भएका छन् ।

सो गाउँमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...