उपेन्द्रले राजेन्द्रको जिल्लामा किल्ला गाडे,बिमलेन्द्रलाई आफ्नै गाउँमा झट्का,एमालेले जिते पछी कांग्रेस भित्र बबाल



हाम्रो इकोनोमि

राजेन्द्र महताको गृहजिल्ला सर्लाहीमा उपेन्द्र यादवको पार्टीले सानदार जित हात पारेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका १८ नम्बर वडामा संघीय समाजवादी फोरम नेपालको पुरै प्यानल विजयी भएको हो ।

फोरम नेपालबाट वडाध्यक्षका उम्मेदवार मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भए । सदस्यहरुमा पुरै फोरमका उम्मेदवारले जिते ।
नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

उता नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्रको गाउँ मुखियापट्टी मुसहरनिया गाउँपालिका र हंशपुर नगरपालिकामा एमालेले वडाध्यक्ष जितेको छ ।

हंशपुर– १ मा एमाले उम्मेदवार कामेश्वर कापर वडाध्यक्ष निर्वाचित भए । त्यस्तै, विमलेन्द्र निधिको गृहनगर मुखियापट्टी मुसहरनियामाको १ नम्बर वडामा एमालेका कौशल यादव र २ नम्बरमा नरेश यादव वडाध्यक्ष निर्वाचित भए ।

निधिको गृहनगरमा एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । आफ्नै गाउँमा एमाले विजयी भएपछि निधि तनावमा परेका छन् । कार्यकर्ता पनि निराश भएका छन् ।

सो गाउँमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...