कांग्रेसले ३५० मत पाउँदा राजपाको ३ मत ! एमालेले ककस्लाई पछार्यो ?



महोत्तरीको बर्दिबासमा नेपाली कांग्रेसले अग्रता बढाएको छ। मेयरमा कांग्रेसका प्रल्हाद क्षेत्रीले ३५० मत पाउँदा दोस्रोमा रहेका एमालेका सुरेस राउतले १५२ मत पुर्याएका छन्।
सुरूदेखि कांग्रेसले अग्रता बनाएको याे नगरमा रूख चिन्हकाे प्राप्त मत बढ्दाे क्रममा छ।
तेस्रोमा माओवादी केन्द्रका विदुर कार्की १५८ मतमा छन्।
उपमेयरमा कांग्रेसका तारादेवी महतो २५७, एमालेका कमला वाइवा २४० र माओवादीका सुशीला गौतम १८३ मतमा छन्।
प्रमुख तीनदल पछि चौथोमा राजपा रहेको छ। राजपाका मेयर अनिलकुमार बस्नेतले ३ र उपमेयर आशा लामाले २ मत पाएका छन्।

उता स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले मतान्तर बढाएको छ । सोमबार भएको निर्वाचनमा मध्यरातदेखि सुरु भएको मतगणनामा म‌ंगलबार विहानसम्म आइपुग्दा फोरमले मतान्तर बढाएको हो ।

दिउँसो साढे १२ को पछिल्लो तथ्यांक अनुसार कूल ८ सय मत गनेर सकिएको छ । जसमा सबैभन्दा धेरै ल्याउने फोरमले प्रमुखमा २ सय ९८ र उपप्रमुखमा पनि फोरमले नै २ सय ७८ मत ल्याएको निर्वाचन अधिकारी डिल्लीराम अधिकारीले जानकारी दिए ।

त्यस्तै, दोस्रो स्थानमा रहको नेकपा एमालेले एक सय ९७ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादीले १ सय ३३ र काँग्रेसको १ सय २८ मत आएको छ । उपप्रमुख तर्फ फोरम नेपालको २ सय ७८, एमालेको एक सय ९४, माओवादी १ सय ४० र काँग्रेसको १ सय ६० मत आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा