एमालेले तीन ठाउमा जित्यो,माओबादी पनि संगै कांग्रेस यसरी पछारियो



हाम्रो इकोनोमि

मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेले ३, माओवादीले ३, कांग्रेसले एउटा र संघीय समाजवादी फोरमले एउटा वडामा जितेका छन् ।
धनुषाको हंसपुर नगरपालिका वडा नंबर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भए । पर्साको पटेर्वा सुगौलीको वडा नम्बर १ मा एमालेका फरमान अन्सारी र पर्साकै विन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै सगिर मिया विजयी भए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुँवर २ सय ८ मत ल्याई प्यानलसहित विजयी भए । माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी भए । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका पनालाल साह प्यानलसहित विजयी भए ।

सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी भए । सिरहाको लहान नगरपालिका वडा नंबर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सियाराम यादव विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...