एमालेले तीन ठाउमा जित्यो,माओबादी पनि संगै कांग्रेस यसरी पछारियो



हाम्रो इकोनोमि

मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेले ३, माओवादीले ३, कांग्रेसले एउटा र संघीय समाजवादी फोरमले एउटा वडामा जितेका छन् ।
धनुषाको हंसपुर नगरपालिका वडा नंबर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भए । पर्साको पटेर्वा सुगौलीको वडा नम्बर १ मा एमालेका फरमान अन्सारी र पर्साकै विन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै सगिर मिया विजयी भए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुँवर २ सय ८ मत ल्याई प्यानलसहित विजयी भए । माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी भए । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका पनालाल साह प्यानलसहित विजयी भए ।

सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी भए । सिरहाको लहान नगरपालिका वडा नंबर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सियाराम यादव विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...