चन्दलाई प्रहरी प्रमुख बनाउन यसरी मिल्यो कुरा,अमेरिका बाट देउवा फर्किए लगत्तै अर्याल लखेटिने



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा छिट्टै टुङ्गो लगाउने एक मन्त्रीले जानकारी दिए । एआईजी चन्दलाई महानिरीक्षकमा नियुक्ती गर्ने आन्तरिक तयारी अहिलेको सरकारले थालिसकेको बुझिएको छ । स्रोतका अनुसार सत्तारुढ दलवीच यसअघि नै पहिले अर्याललाई र त्यसपछि चन्दलाई नै आईजीपी बनाउने भद्र सहमति भैसकेको थियो । प्रधानमंत्री देउवा अमेरिका बाट फर्किए लगत्तै बस्ने क्याबिनेटले उक्त निर्णय गर्ने श्रोतले बतायो।

अदालतको पनि सम्मान र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गर्दै महानिरीक्षकमा दुवैको बढुवा गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवाबीच छलफल भएको थियो ।

हालका आईजीपी अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई प्रहरी नेतृत्वको जिम्मा दिने विषयमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...