२१ अर्ब राजस्व छलेका चूडामणि शर्माको घरमा मध्ये राती कसले पड्कायो सिलिन्डर बम ?



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौं कर छलीमा मुख्य आरोपी बनाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा अज्ञात समूहले सिलिन्डर बम राखेको पाइएको छ।

आइतबार राति शर्माको घरमा बम राखिएको हो । उनको घर प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलण्ठस्थित निजी निवासभन्दा ५ सय मिटर नजिक पर्छ।
महानगरीय प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका २ मा रहेको शर्माको घरको गेटमा २ वटा सिलिन्डरमा अलकत्रा हालेर अज्ञात समूहले आगो लगाएको थियो । १०–१२ जनाको समूहमा रहेका ती व्यक्ति आगो लगाएर भागेको महानगरीय प्रहरीले जनाएको छ।

राति करिब सवा एक बजे सो घटना भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले आगो निभाएको थियो । घटनामा कुनै क्षति भने भएको छैन।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बम राख्ने व्यक्ति र समूहको पहिचान भइनसकेको जानकारी दिए।

प्रधानमन्त्री देउवाको निजी निवास क्षेत्र भएकाले बुढानीलकण्ठको सुरक्षा व्यवस्था विगतदेखि नै चुस्त राखिए पनि शर्माको घरमा २ वटा सिलिन्डर बम पड्काउँदा पनि स्थानीय प्रहरीले सुइँको पाएन।

घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....