२१ अर्ब राजस्व छलेका चूडामणि शर्माको घरमा मध्ये राती कसले पड्कायो सिलिन्डर बम ?



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौं कर छलीमा मुख्य आरोपी बनाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा अज्ञात समूहले सिलिन्डर बम राखेको पाइएको छ।

आइतबार राति शर्माको घरमा बम राखिएको हो । उनको घर प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलण्ठस्थित निजी निवासभन्दा ५ सय मिटर नजिक पर्छ।
महानगरीय प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका २ मा रहेको शर्माको घरको गेटमा २ वटा सिलिन्डरमा अलकत्रा हालेर अज्ञात समूहले आगो लगाएको थियो । १०–१२ जनाको समूहमा रहेका ती व्यक्ति आगो लगाएर भागेको महानगरीय प्रहरीले जनाएको छ।

राति करिब सवा एक बजे सो घटना भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले आगो निभाएको थियो । घटनामा कुनै क्षति भने भएको छैन।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बम राख्ने व्यक्ति र समूहको पहिचान भइनसकेको जानकारी दिए।

प्रधानमन्त्री देउवाको निजी निवास क्षेत्र भएकाले बुढानीलकण्ठको सुरक्षा व्यवस्था विगतदेखि नै चुस्त राखिए पनि शर्माको घरमा २ वटा सिलिन्डर बम पड्काउँदा पनि स्थानीय प्रहरीले सुइँको पाएन।

घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...