यी हुन् सम्पती विवरण नबुझाउने ४ हजार ८१२ कर्मचारी,अब यिनको यसरी कसिन्छ पाता



चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।

निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार पाँच हजार रूपैयाँ जरिवाना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका