नेपाल च्याम्पियन



नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो । सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४।४ ओभरमा पूरा ग¥यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन तीन विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन