नेपाल च्याम्पियन



हाम्रो इकोनोमि

नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो । सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४।४ ओभरमा पूरा ग¥यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन तीन विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...