योगेशले यसरी सुनाए माओबादी मासिने कुरा,प्रचण्ड अब के गर्लान ?



हाम्रो इकोनोमि

एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताएका छन्। कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको उनको जिकिर छ। ‘कांग्रेस-माओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक छैन, अल्टिमेट्ली माओवादीले यो समिकरण छाड्नैपर्छ,’ प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले स्थापना गरेको चन्द्र-गंगा क्रियाशील पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै आइतबार भट्टराईले भने, ‘माओवादी एमालेप्रति केही आवेगमा होला, तर कम्युनिष्ट पार्टी हो भने एलाइन्स तोड्नुपर्छ।’ कांग्रेससँगको सहकार्य नतोडे माओवादी कम्युनिष्ट नै नरहने भट्टराईको जिकिर छ। ‘गठबन्धन जारी रहे माओवादी केही वर्षमा कम्युनिस्ट पार्टी नै रहँदैन, किनभने एउटाले पूर्व जान खोज्छ, अर्कोले पश्चिम।’ कांग्रेससँग आफूहरुको सहकार्य हुनै नसक्ने उनको भनाइ छ।

साथै भट्टराईले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले २ नम्बर प्रदेशका ५० प्रतिशत स्थानीय तह जित्ने दाबी गरे। तराई मधेसका राजमार्ग क्षेत्रमा मात्र एमालेले चुनाव जित्ने भनिएको भन्दै उनले अधिकांश स्थानीय तह राजमार्ग क्षेत्रमै पर्ने बताए। कांग्रेस ओरालो र एमाले उकालो लाग्ने क्रममा रहेको भट्टराईको दाबी छ। कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवम् वडा ९ का अध्यक्ष उपेन्द्र केसी र पुरस्कार स्थापना गर्ने राजु खड्कालाई सम्मान तथा प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् भक्तपुरका पूर्वअध्यक्ष सोम शर्मा बजगाईंलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...