कांग्रेस र एमालेका कार्यकर्ताबीच हानाहान,वडाध्यक्षका उम्मेदवारको मृत्यु पछि चुनाब स्थगित



हाम्रो इकोनोमि

धनुषामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
गएराति धनुषाको नगराइन नगरपालिका–८ अकौरामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् ।
शनिवार राति करिब १२ बजे चुनावका विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिँदा झड भएको हो ।
झडपमा एमालेका कार्यकर्ता २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्षका अविन्द्र पासवान घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यता वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज २ गते मतदान नहुने भएको छ। सप्तरीका जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले राजविराज- १५ को निर्वाचन स्थगित गरिएको जानकारी दिए। आयोगले केन्द्रबाटै निर्णय गरेपछि नयाँ मिति तोकिने उनको भनाइ छ। राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) तर्फबाट राजविराज- १५ को अध्यक्षमा उम्मेदवारी दिएका महन्थी यादवको ब्लड क्यान्सरबाट शनिबार मृत्यु भएको थियो। उनी विगत ५ वर्षदेखि रक्त क्यान्सरबाट पीडित थिए। स्वर्गीय यादव २०५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनी देउरी भरुवा गाविस अध्यक्षमा निर्वाचित भएका थिए। संविधान संशोधनको मागमा एमाले अनुदार देखिएको भन्दै यादव केही महिनाअघि राजपा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...