चेक मार्फत घुस असुल्नेलाई मेयरको ज्वाई सम्मान,काठमाडौं महानगरपालिकाका भ्रष्टहरुले यति सम्म गरे



लामो समय स्थानीय निकायमा जनप्रतिनिधि नभएको मौका छोपी काठमाडौं महानगरपालिकाका भ्रष्टहरुले व्यापक अनियमितता गरेका कारण काठमाडौं महानगरपालिका विवादमा तानिदै आइरहेको छ ।
काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी प्रमुख रुद्रसिंह तामाङ र प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीले आर्थिक लाभकै कारण मापदण्ड विपरित नक्सा पास गर्नै नमिल्नेलाई पनि भित्री सेटिङ मिलाई पास गरी भवन निर्माण गर्न दिएका कारण यतिबेला महानगरपालिका व्यापक विवादमा तानिएको छ ।
नवनिर्वाचित भई आएका जननिर्वाचित पदाधिकारीहरुले यिनै भ्रष्टहरुले गरेको अनियमितताका कारण महानगरपालिकामा कामगर्ने वातावरण नै नभएको र विवादै विवादका कारण कतै पाँच वर्ष यस्तै विवादमा जनप्रतिनिधिहरु अल्झिने त होइनन् भन्ने महानगरपालिकामा चर्चा लग्ने गरेको छ ।

विश्व सम्पदा सूचीमा रहेको बसन्तपुर दरबार क्षेत्रमा अबैध रुपमा निजी भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाका यिनै दुई तामाङ र कार्कीकै पहलमा इन्जिनियरहरुलाई दवावमा पारी मापदण्ड विपरित नक्सा पास गराई राम्रो आर्थिक लाभ गरेका कारण यतिबेला आएर त्यसको अपजस जनप्रतिनिधि भएर आउनेहरुको थाप्लोमा परेको छ । आर्थिक लाभकै कारण आफूहरुले गरेको गलत निर्णय लुकाउन महानगरले कार्यालयमा राख्ने र सम्बन्धितलाई दिने इजाजत पत्र नै फरक बनाउने गरेको समेत महानगरकै एक कर्मचारीले खोजतलासलाई बताएका छन् ।

विश्व सम्पदाको सूचिमा रहेको बसन्तपुर दरबार क्षेत्रमा नक्सा पासै गर्न नमिल्ने र नक्सा पास गर्दा पनि मापदण्ड विपरित महर्जन विजनेश एसोसिएट्स प्रालिले अण्डर ग्राउण्ड पार्किङसहित चार तले भवन निर्माण गरेका छ । सम्पदा क्षेत्रमा अण्डर ग्राउण्ड पार्किङसहितको अग्लो भवन बनाउन नपाउने बताउँदै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले अहिले भवन निर्माणमा रोक लगाएपछि महानगरका भ्रष्ट तत्कालिन कार्यकारी प्रमुख तामाङ र प्रशासन प्रमुख कार्की यतिबेला जनप्रतिनिधिहरुको अगाडि नराम्रोसँग नाङ्गिएका छन् ।
महानगरको कार्यालयमा राखिएको फाइलमा चार तले भवन मात्र बनाउने उल्लेख छ । जबकी महर्जन विजनेश एसोसिएट्सलाई दिएको इजाजतपत्रको ‘निर्माण हुने भवनको विवरण’मा चार तला र भूमिगत तल्ला समेत उल्लेख गरिएको छ ।

त्यसैगरी, तामाङ र कार्कीले नक्सा पासै गर्न नमिल्ने बालाजु बाइपासमा राधेश्याम फुयाँलसँग नगद १५ लाख नविल बैंकको चेकमार्फत १ एक लाख बराबरको आईफोन एक र सामसुङ मोवाइल एक गरी दुइवटा मोवाइलसमेत खरिद गर्न साधेश्याम फुयालका छोरा रमेश फुयाललाई लगाएका थिए । त्यसको प्रमाण ज्ञानेन्द्र कार्कीको फोन नं. ९८५१०९२१९९ र रमेश फुयालका ९८५९०९२३६२ को फोनको गएको कात्तिकदेखि कल डिटेल हेर्दा पनि प्रष्ट हुन्छ ।
राधेश्याम फुयालका छोरा रमेश फुयालले तत्कालिन कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई १३२ जीवीको आइफोन र प्रशासकीय प्रमुख कार्कीलाई महँगो सामसुङ मोवाइल समेत खरिद गरिदिएको फुयाल स्वयमले बताएका छन् । त्यस्तै प्रशासन प्रमुख कार्कीले १५ लाख रुपैयाँ नगदसमेत असुलेको उनै फुयालले बताएका छन् । सोही कारण मेरो घर निर्माण गर्न कुनै माइकललालले रोक्न सक्दैन भन्दै फलाक्दै हिँड्ने गरेका छन् । रमेश फुयालले आफ्नो नामको नविल बैंकको चेक नं. १७६३७३१० बाट राम थापाको नाममा चेक काटि दिएका थिए । सो एक लाख रुपैयाँको चेक २०१६, नोभेम्बर १६ मा १३ः३२ मा नविल बैंंकबाट रकम भुक्तानी लिएको प्रमाणसमेत सुरक्षित छ । पचास हजारदेखि माथिको चेक भुक्तानी लिन आउने व्यक्तिको परिचयपत्रको फोटोकपीसमेत बैंकले लिने गर्छ । सो चेक साट्न जाने व्यक्ति को हो भन्ने स्पष्टरुपमा बैंकमा गएर बुझ्दा पनि प्रष्ट हुन्छ ।

 

त्यसैगरी, तत्कालिन कार्यकारी प्रमुख तामाङ र प्रशासन प्रमुख कार्कीले गरेको अनियमितताको बयान गरिसाध्य छैन । यि दुई र केही इन्जिनियरहरुको मिलीभगतमा नक्सालस्थित जगदम्बा हस्पिलाटिजको भवन निर्माण गर्दा पनि करोडभन्दा माथि असुलेको बुझिन आएको छ । सो अस्पिलाटिज निर्माण गर्दा नजिकै रहेको घरहरु चर्किएको र सडकसमेत भासिएको सार्वजनिक भइसकेको छ । यसरी मापदण्ड विपरित धमाधम भवन निर्माण गर्न दिई यि दुईले कमाएको अकुत सम्पत्तिमाथि अख्तियारको आँखा किन लागेको छैन । विगतमा महानगरपालिकामा छिर्दा यिनीहरुको हविगत कस्तो थियो, अहिले कस्तो छ त्यसबारेमा पनि सुक्ष्म अनुसन्धान गरी अख्तियारीवाला निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने महानगरकै कर्मचारीहरुले बताउने गरेका छन् । अहिलेका मेयर बिद्या सुन्दर शाक्यले उनै कार्कीको सल्लाह मात्र मान्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्