महिला सहकारीको बचत रु ९१ लाख



हाम्रो इकोनोमि

पोखरा लेखनाथ नगरपालिका वडा नं ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत रु ९१ लाख पु¥याएको छ ।
संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताउनुभयो ।

छरिएको महिलाको सानो पूँजी बचत गरी त्यसमार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि सारिएको उहाँले जानकारी दिनुभयो । आयआर्जन एवं उद्यमशीलताको विकासका लागि सहकारीले दूध संकलन तथा बजारीकरण, दाना चोक्कर बिक्री वितरणजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले महिलालाई संगठित गर्दै उद्यमशीलता एवं आयआर्जनका कार्यलाई अघि बढाउनु प्रशंसायोग्य भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...