गणेशमान स्मृति फुटसलको उपाधि कन्सेप्ट क्लबलाई



प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि द कन्सेप्ट फुटबल क्लब, बानेश्वरलाई प्रदान गरिएको छ ।

नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ इकाई समितिले दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगिताको रु एक लाख नगदसहितको पुरस्कार कन्सेप्ट फुटबल क्लब, बानेश्वरलाई प्रदान गरिएको हो ।

यस्तै, दोस्रो पुरस्कार लैनचौर युवा क्लब ‘ए’ लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा द कन्सेप्ट फुटबल क्लब, बानेश्वरका मानसाजन राजभण्डारी हुनुभएको छ भने राम्रो गोलरक्षकमा लैनचौर युवा क्लब ‘ए’ का निशन रम्जाली हुनुभएको छ । राम्रो खेलाडीलाई एकजोर जुत्ता र राम्रो गोल रक्षकलाई एकजोर पञ्जा प्रदान गरिएको छ ।

यही भदौ २८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई आज पुरस्कार वितरण गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विस २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नाममा उक्त प्रतियोगिता स्थापना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको ठूलो योगदान रहेको भन्दै यसलाई राज्यले बिर्सन नहुने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय फुटसलप्रति युवाहरुको आकर्षण बढ्दै गएको भन्दै यसलाई नेपालीले अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनु जरुरी रहेको बताउनुभयो । नेता सिंहले यस्ता खेललाई राज्यले विशेष चासोका साथ हेर्नुपर्ने बताउनुभयो ।

तरुण दल कामनपा–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले पछिल्लो समय युवाहरुमा फुटसल खेलप्रति आकर्षण बढ्दै गएकाले उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

तरुण दल कामनपा–२६ का सचिव मनिष डङ्गोलले तरुण दलले गणेशमानको नाममा पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको बताउँदै आगामी दिनमा यसलाई रनिङ शिल्डको रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका १२ समूहको सहभागिता रहेको थियो । सो अवसरमा नेता सिंहले काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का युवा नेता गणेश रिजाललाई सम्मान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ