अटेर गरेर बसे मधेशबाट यसरी लखेटिदैछन मन्त्री,मन्त्री लखेट्न कस्ले लगायो उर्दी?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु त्यहाँ उपस्थित भइराख्नु जरुरी नहुने आयोगले उल्लेख गरेको छ ।

शुक्रबार रातीबाट मौन अवधि सुरु भएकाले चुनावको दिनसम्म मन्त्रीहरुलाई त्यसतर्फ नजान निर्देश गरेको हो ।
चुनाव प्रचार अभियानमा कतिपय मन्त्रीहरु पनि सहभागी थिए । मौन अवधिमा पनि उनीहरु त्यहाँ बसेर प्रभावित पार्न सक्ने मुल्यांकन गर्दै आयोगले मताधिकार प्रयोग गर्ने बाहेकलाई त्यहाँ नबस्न निर्देश गरेको हो ।

‘आयोगले प्रदेश नं. २ का जिल्लाहरूमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीज्यूहरूलाई उपस्थित नभइदिन आग्रह गरेको छ’ आयोग प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तीमा छ । आयोगले मताधिकार प्रयोग गर्ने मन्त्रीहरुलाई पनि आचारसंहिताको उल्लंघन नहुने गरी आफ्नो भूमिका निर्वाह गर्न सचेत गराएको छ ।आयोगले त्यसका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै पत्र पठाएको छ । पत्रमा मन्त्रीहरुको भ्रमण नगराउन र सम्बन्धित मन्त्रीहरुलाई आयोगको निर्देशनबारे जानकारी गराउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...