अटेर गरेर बसे मधेशबाट यसरी लखेटिदैछन मन्त्री,मन्त्री लखेट्न कस्ले लगायो उर्दी?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु त्यहाँ उपस्थित भइराख्नु जरुरी नहुने आयोगले उल्लेख गरेको छ ।

शुक्रबार रातीबाट मौन अवधि सुरु भएकाले चुनावको दिनसम्म मन्त्रीहरुलाई त्यसतर्फ नजान निर्देश गरेको हो ।
चुनाव प्रचार अभियानमा कतिपय मन्त्रीहरु पनि सहभागी थिए । मौन अवधिमा पनि उनीहरु त्यहाँ बसेर प्रभावित पार्न सक्ने मुल्यांकन गर्दै आयोगले मताधिकार प्रयोग गर्ने बाहेकलाई त्यहाँ नबस्न निर्देश गरेको हो ।

‘आयोगले प्रदेश नं. २ का जिल्लाहरूमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीज्यूहरूलाई उपस्थित नभइदिन आग्रह गरेको छ’ आयोग प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तीमा छ । आयोगले मताधिकार प्रयोग गर्ने मन्त्रीहरुलाई पनि आचारसंहिताको उल्लंघन नहुने गरी आफ्नो भूमिका निर्वाह गर्न सचेत गराएको छ ।आयोगले त्यसका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै पत्र पठाएको छ । पत्रमा मन्त्रीहरुको भ्रमण नगराउन र सम्बन्धित मन्त्रीहरुलाई आयोगको निर्देशनबारे जानकारी गराउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...