ओलीले भने- कसैको इच्छा हुदैमा एमाले हार्दैन,एमालेलाई कसैले चाहँदैमा हराउन सक्दैन



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विरोध गर्नेहरु आज आफै समाप्त हुने अवस्थामा पुगेको बताएका हुन् ।
मधेशको समृद्धिका लागि सधै अगाडि बढेको नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा कसैले चाहदैमा हराउन नसक्ने समेत ठोकुवा गरेका हुन् ।
दुई नम्बर प्रदेशको चुनावी प्रचारका लागि शुक्रबार सिमरा आईपुगेका ओलीले नेकपा एमालेको सरकारले तराई मधेशको समृद्धिका लागि आफ्नो पार्टीले विगतमा धेरै काम गरेको उल्लेख गर्दै प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

उनले वारा जिल्लाका १६ वटा स्थानीय तहमा एमालेलाई जिताउन मतदातालाई आग्रह गर्दै एमालेले तराई मधेशका महिलाहरुलाई एक वर्षमा रोजगारी दिने र रोजगारी दिन नसके भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...