२ नम्बर प्रदेशमा राजपालाई पछार्दै कांग्रेस संग यसरी सिंगौरी खेल्दैछ एमाले



हाम्रो इकोनोमि

२ नम्बर प्रदेशका आठ जिल्लामा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनको मौन अवधि शुक्रबार (आज) मध्यरातबाट सुरु हुँदैछ । चुनाव प्रचार प्रसारको अन्तिम दिनमा आइपुग्दा कुन दलले कति सिट जित्ने भन्ने आंकलन पनि गरिन थालिएको छ ।

संविधान जारी हुनु अघिदेखि तराई मधेश र यस क्षेत्रका नागरिकको अधिकारका लागि भन्दै तत्कालीन मधेश केन्द्रीत दलहरु (हाल राजपा तथा संघीय फोरम)ले आन्दोलन चर्काएका थिए भने यसैबेलादेखि मधेशी विरोधीको रुपमा एमालेलाई चित्रण गरियो । आन्दोलनरत दलको माग सम्बोधन गर्न आफूहरु सक्रिय रहेको कांग्रेस र माओवादी केन्द्रले देखाउन चाहे भने कांग्रेसले आफ्नो मधेश साख जोगाउन लागि पर्‍यो ।

उक्त पेरिफेरिमा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक सय ३६ स्थानीय तहका हुन लागेको निर्वाचनप्रति मुलुकको ध्यान गएको छ । सो प्रदेशमा दलका शीर्ष नेताहरु हप्तौं दिनदेखि चुनावी प्रचार प्रसारमा छन् । घरदैलोमा खटेका नेताहरुले चुनावी परिणामको आंकलन पनि गरेका छन् ।

आंकलन गरिएको चुनावी परिणामअनुसार राजपा र एमालेबीचको प्रतिष्ठाको लडाईंमा एमालेले साख जोगाउने देखिन्छ । राजपाको भन्दा बढी ११ स्थान ल्याएर एमालेले आफ्नो प्रतिष्ठाको लडाईंमा आफूलाई मधेश विरोध नरहेको पुष्टी गर्ने सम्भावना देखिन्छ । एमालेले ७१ स्थानीय तहमा जित्ने आंकलन गरिँदा राजपा ६० स्थानमा खुम्चिने अनुमान गरिएको छ ।

कांग्रेस अग्रस्थानमा हुने अनुमान गरिएको छ । उसले एक सय सिटमा जित हात पार्ने दलहरुले चुनावी प्रचार प्रसारपछि अनुमान गरेका छन् । चौथो स्थानमा संघीय समाजवादी फोरम नेपाल आउन आंकलन गरिएको छ । उसले ५० स्थानीय तहमा विजय प्राप्त गर्ने अनुमान गरिएको हो ।

मुलुकको ठूलो दल बन्ने लक्ष्य लिएको माओवादी केन्द्र भने पाँचौँ स्थानमा खुम्चिने अनुमान गरिएको छ । उसले ४७ स्थानीयमा मुस्किलले जित हात पार्ने अनुमान गरिएको छ । बाँकी रहेको स्थानीय तहमा भने राप्रपा, राप्रपा प्रजातान्त्रिक, फोरम लोकतान्त्रिकले सिट जित्ने अनुमान गरिएको मिडिया एनपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...