२ नम्बर प्रदेशमा राजपालाई पछार्दै कांग्रेस संग यसरी सिंगौरी खेल्दैछ एमाले



२ नम्बर प्रदेशका आठ जिल्लामा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनको मौन अवधि शुक्रबार (आज) मध्यरातबाट सुरु हुँदैछ । चुनाव प्रचार प्रसारको अन्तिम दिनमा आइपुग्दा कुन दलले कति सिट जित्ने भन्ने आंकलन पनि गरिन थालिएको छ ।

संविधान जारी हुनु अघिदेखि तराई मधेश र यस क्षेत्रका नागरिकको अधिकारका लागि भन्दै तत्कालीन मधेश केन्द्रीत दलहरु (हाल राजपा तथा संघीय फोरम)ले आन्दोलन चर्काएका थिए भने यसैबेलादेखि मधेशी विरोधीको रुपमा एमालेलाई चित्रण गरियो । आन्दोलनरत दलको माग सम्बोधन गर्न आफूहरु सक्रिय रहेको कांग्रेस र माओवादी केन्द्रले देखाउन चाहे भने कांग्रेसले आफ्नो मधेश साख जोगाउन लागि पर्‍यो ।

उक्त पेरिफेरिमा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक सय ३६ स्थानीय तहका हुन लागेको निर्वाचनप्रति मुलुकको ध्यान गएको छ । सो प्रदेशमा दलका शीर्ष नेताहरु हप्तौं दिनदेखि चुनावी प्रचार प्रसारमा छन् । घरदैलोमा खटेका नेताहरुले चुनावी परिणामको आंकलन पनि गरेका छन् ।

आंकलन गरिएको चुनावी परिणामअनुसार राजपा र एमालेबीचको प्रतिष्ठाको लडाईंमा एमालेले साख जोगाउने देखिन्छ । राजपाको भन्दा बढी ११ स्थान ल्याएर एमालेले आफ्नो प्रतिष्ठाको लडाईंमा आफूलाई मधेश विरोध नरहेको पुष्टी गर्ने सम्भावना देखिन्छ । एमालेले ७१ स्थानीय तहमा जित्ने आंकलन गरिँदा राजपा ६० स्थानमा खुम्चिने अनुमान गरिएको छ ।

कांग्रेस अग्रस्थानमा हुने अनुमान गरिएको छ । उसले एक सय सिटमा जित हात पार्ने दलहरुले चुनावी प्रचार प्रसारपछि अनुमान गरेका छन् । चौथो स्थानमा संघीय समाजवादी फोरम नेपाल आउन आंकलन गरिएको छ । उसले ५० स्थानीय तहमा विजय प्राप्त गर्ने अनुमान गरिएको हो ।

मुलुकको ठूलो दल बन्ने लक्ष्य लिएको माओवादी केन्द्र भने पाँचौँ स्थानमा खुम्चिने अनुमान गरिएको छ । उसले ४७ स्थानीयमा मुस्किलले जित हात पार्ने अनुमान गरिएको छ । बाँकी रहेको स्थानीय तहमा भने राप्रपा, राप्रपा प्रजातान्त्रिक, फोरम लोकतान्त्रिकले सिट जित्ने अनुमान गरिएको मिडिया एनपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षक महासंघ र सरकारबीच आज वार्ता

    आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता

राजु पाण्डेलाई निलम्बन गर्न कर्मचारी संगठनको माग

    काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष ११ बुँदे

लागुऔषधसहित ९ जना पक्राउ

  नेपालका चार जिल्लाबाट दुई भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ परेका

हात उठाएर शिक्षकले गरे प्रदर्शन

    शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले